उत्पादनलाई व्यवस्थित गराउन सहकारी प्रभावकारी माध्यमः अध्यक्ष थापा
बागलुङ । काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले उत्पादन क्षेत्रलाई व्यवस्थित गराउनका लागि सहकारी माध्यम सबै भन्दा सहज र प्रभावकारी रहेको बताउनु भएको हो ।
बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड काठेखोला–२ बागलुङको आठौ वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
उत्पादनका क्षेत्रमा काम गर्न साह्रै गाह्रो छ, तर पनि उत्पादन बढाउनका लागि सहकारी माध्यम नै उपयुक्त भएकाले सहकारीमार्फत उत्पादनमा जोडिन उहाँले किसानहरुलाई आग्रह गर्नुभयो ।
सहकारी क्षेत्रले पूँजि निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, अध्यक्ष थापाले भन्नुभयो–अब सहकारीमा केन्द्रीत भएको पूँजिलाई उत्पादनमा परिचालन गर्नु पर्छ ।
उत्पादनमा लागेका सहकारीहरुलाई व्यवस्थित गर्नका लागि गाउँपालिका प्रतिवद्ध रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले उत्पादनका क्षेत्रमा क्रियाशिल सहकारीहरुलाई राज्यले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । राज्यले सहकारीमार्फत उत्पादन बढाउनका लागि योजना ल्याउनु पर्ने र त्यसका लागि सहयोगको वातावरण आवश्यक रहेको जिसीको भनाइ थियो ।
कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष विद्यापती शर्मा, वडा नं. ६ का अध्यक्ष युक्तप्रसाद कंडेल र बागलुङ दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष ओमनाथ सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष बालानन्द कंडेलको स्वागत र सचिव लाल बहादुर खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गर्नुका साथै सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको छ ।
समितिको अध्यक्षमा दिपक गौतम, उपाध्यक्षमा बालानन्द कंडेल, सचिवमा लाल बहादुर खनाल, सहसचिव बालकृष्ण शर्मा, कोषाध्यक्षमा राम बहादुर हमाल तथा सदस्यहरुमा बालकृष्ण कंडेल, लक्ष्मण प्रसाद शर्मा, जगन्नाथ कंडेल र कान्तालाल जैसी रहनु भएको छ ।
लेखा समितिको संयोजकमा शिवलाल कंडेल तथा सदस्यहरुमा पहलमान थापा र राजकुमार पौडेल चयन हुनु भएको छ ।
ताजा
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
२०८३ असार १८ गते, बिहीबार
सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
२०८३ असार १८ गते, बिहीबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
आज रास्वपाको नयाँ कार्यसमितिको शपथ
२०८३ असार १७ गते, बुधबार
आज यी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ असार १७ गते, बुधबार
तत्काल पार्टी एकताको सम्भावना छैनः ओली
२०८३ असार १६ गते, मंगलवार
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
२०८३ असार १६ गते, मंगलवार
विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
२०८३ असार १६ गते, मंगलवार
जातिय विभेद माथि प्रश्न र उत्तर
२०८३ असार १६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





