झापामा पुरुषसंग पुरुषकै भयो विवाह ! यसरि जन्माउँदैछन् बच्चा

२०७६ असार १४ गते, शनिबार

झापाको अर्जुनधारा नगरपालिका–१० का २० बर्षीय रुपक गिरी र काठमाडौंका १८ बर्षीय अनुभव दर्जी बिच समलिङ्गी विवाह भएको छ ।सामाजिक सञ्जालमा फेसबुकमार्फत चिनजान भई मायाप्रेममा परेका उनीहरु एकअर्कालाई खुबै माया गर्दछन् ।फेशबुकमै रुपकले अनुभवलाई प्रेम प्रस्ताव राखेका थिए । त्यसको केही दिनमै अनुभवले पनि रुपकको प्रेमलाई स्वीकार गरे । त्यसपछि उनीहरुबीच आत्मियता बढ्दै गयो ।

निरन्तर फेशबुकमा भिडियो कल र फोन सम्पर्क भइरह्यो । २०७४ मंसिर महिनामा अनुभव रुपकलाई भेट्न झापा आए । त्यसपछि उनीहरुले एकअर्कालाई छोड्न सक्ने अवस्थामा पुगेपछि विवाह गर्ने निर्णय गरे ।विगतलाई सम्झदै अनुभवले भने–‘ घरपरिवारबाटै स्वीकार हाम्रो विहेलाई स्वीकार गर्नु भएन, निकै दुःख लाग्यो ।’

अनुभवलाई अहिलेसम्म पनि परिवारले स्वीकार गरेको छैनन् ।उनी भन्छन्,‘विहे भएदेखि म घर गएको छैन ।’अनुभवको भन्दा रुपकको परिवार भने फरक रहेछ । रुपकको परिवारले अनुभवसँगको विहेलाई सहर्ष स्विकार गरे ।‘परिवारको साथ र सहयोगकै कारण आज अनुभवलाई खुशीको साथ राख्न सफल भएको छु’ उनी भन्छन्–‘हामी वैवाहिक जीवनबाट निकै खुशी छौं ।’

झापाको दमकमा घर भाडा लिएर बसिरहेका उनीहरु भन्छन्–‘हामीलाई समाजले हेलाको दृष्टिले हेर्छ ।’उनीहरुमध्ये रुपकले पति र अनुभवले पत्नीको भूमिका निर्वाह गर्ने गरेका छन् । उनीहरु भन्छन्,‘हामी यौन जीवनबाट सन्तुष्ट छौं ।’ ‘पुरुष र महिलाको यौन जीवन जस्तो नहोला तर, हामी जे छौं त्यसमा पूर्ण सन्तुष्ट छौं’ अनुभवले भने ।रुपक र अनुभव सुनाएका सबै समलिङ्गीहरुले विहे गर्ने र सन्तान उत्पादनको रहर प्रशस्त रहेको बताएका छन् ।तर, उनीहरु टेस्टटयूब बेवी वा अन्य प्राविधिक तरिकाले बच्चा उत्पादन गर्ने रहर व्यक्त गरेका छन् । टेस्टटयूब बेवी वा अन्य प्राविधिक तरिकाले बच्चा उत्पादन सम्भव नभए धर्मपुत्री, धर्मपुत्र पाल्ने इच्छा रहेको उनीहरुले बताएका छन् ।

358 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal