झापामा पुरुषसंग पुरुषकै भयो विवाह ! यसरि जन्माउँदैछन् बच्चा

२०७६ असार १४ गते, शनिबार

झापाको अर्जुनधारा नगरपालिका–१० का २० बर्षीय रुपक गिरी र काठमाडौंका १८ बर्षीय अनुभव दर्जी बिच समलिङ्गी विवाह भएको छ ।सामाजिक सञ्जालमा फेसबुकमार्फत चिनजान भई मायाप्रेममा परेका उनीहरु एकअर्कालाई खुबै माया गर्दछन् ।फेशबुकमै रुपकले अनुभवलाई प्रेम प्रस्ताव राखेका थिए । त्यसको केही दिनमै अनुभवले पनि रुपकको प्रेमलाई स्वीकार गरे । त्यसपछि उनीहरुबीच आत्मियता बढ्दै गयो ।

निरन्तर फेशबुकमा भिडियो कल र फोन सम्पर्क भइरह्यो । २०७४ मंसिर महिनामा अनुभव रुपकलाई भेट्न झापा आए । त्यसपछि उनीहरुले एकअर्कालाई छोड्न सक्ने अवस्थामा पुगेपछि विवाह गर्ने निर्णय गरे ।विगतलाई सम्झदै अनुभवले भने–‘ घरपरिवारबाटै स्वीकार हाम्रो विहेलाई स्वीकार गर्नु भएन, निकै दुःख लाग्यो ।’

अनुभवलाई अहिलेसम्म पनि परिवारले स्वीकार गरेको छैनन् ।उनी भन्छन्,‘विहे भएदेखि म घर गएको छैन ।’अनुभवको भन्दा रुपकको परिवार भने फरक रहेछ । रुपकको परिवारले अनुभवसँगको विहेलाई सहर्ष स्विकार गरे ।‘परिवारको साथ र सहयोगकै कारण आज अनुभवलाई खुशीको साथ राख्न सफल भएको छु’ उनी भन्छन्–‘हामी वैवाहिक जीवनबाट निकै खुशी छौं ।’

झापाको दमकमा घर भाडा लिएर बसिरहेका उनीहरु भन्छन्–‘हामीलाई समाजले हेलाको दृष्टिले हेर्छ ।’उनीहरुमध्ये रुपकले पति र अनुभवले पत्नीको भूमिका निर्वाह गर्ने गरेका छन् । उनीहरु भन्छन्,‘हामी यौन जीवनबाट सन्तुष्ट छौं ।’ ‘पुरुष र महिलाको यौन जीवन जस्तो नहोला तर, हामी जे छौं त्यसमा पूर्ण सन्तुष्ट छौं’ अनुभवले भने ।रुपक र अनुभव सुनाएका सबै समलिङ्गीहरुले विहे गर्ने र सन्तान उत्पादनको रहर प्रशस्त रहेको बताएका छन् ।तर, उनीहरु टेस्टटयूब बेवी वा अन्य प्राविधिक तरिकाले बच्चा उत्पादन गर्ने रहर व्यक्त गरेका छन् । टेस्टटयूब बेवी वा अन्य प्राविधिक तरिकाले बच्चा उत्पादन सम्भव नभए धर्मपुत्री, धर्मपुत्र पाल्ने इच्छा रहेको उनीहरुले बताएका छन् ।

380 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal