लिफ्ट दिएर ल्याएका चालक र सहचालकले ट्रकभित्रै युवतीको सामुहिक बलात्कार गरे, दुबै जना प्रहरीको फन्दामा
अश्विन दानी, पोखरा । बुधबार ३० बर्षिया फुलमाया (नाम परीवर्तन) नवलपरासीबाट चीतवनको नारायणगढ़सम्म आउने निधो गरेपछि नवलपुरको डण्डामा आएर बसको प्रतिक्षा गरीन् । साँझको करिब ७ बजे नवलपरासीबाट तनहुँको दमौलीसम्म आउने ना १ क ४३४९ नम्बरको ट्रकमा दुई जना फुलमायाको सामु देखिए । फुलमायाले उक्त ट्रकमा आफुलाई नारायणगढ़सम्म लिफ्ट दिन अनुरोध गरिन् ।
उनको अनुरोधलाई मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ३ सुर्यचोक बस्ने ३२ बर्षिय सह-चालक गोपाल भण्डारी र सोही ठाउँका ३१ बर्षिय चालक बिमल ढकालले स्वीकार गरे । अनि फुलमाया ट्रकमा चढेर नारायनगढसम्मका लागि यात्रा सुरु गरिन् ।
तर, उनको लागि यो यात्रा नै जीवनको सबैभन्दा ठूलो दुर्भाग्य बनिदियो । अर्थात उनी सोही लिफ्ट दिने ब्यक्तिबाटै सामुहिक बलात्कारको सिकार बनिन् । ‘पीडीतले नवलपरासीबाट नारायणगढ़सम्म लिफ्ट मागेर ट्रकमा चढेकी रहिछन् । तर, आरोपीतहरुले उनीमाथि कुदृष्टी लगाएर नारायणगढ़मा पीडीतलाई ओर्लन नदिएर एकैपटक तनहुँमा ल्याई पु¥याएछन्’ जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले पीडितलाई उद्घृत गर्दै गण्डक न्यूजसँग भने, ‘सम्बन्धित ठाउँमा ओर्लन नदिएका चालक र सह-चालकले उनलाई तनहुँको व्यास नगरपालिका वडा नं. १२ छिर्कने स्थित पृथ्वीराजमार्गको एकान्त ठाउँमा ल्याएर सडक किनारामा ट्रक रोकी ट्रक भित्रै जबरजस्ती करणी गरेछन् ।’
यसरी खुल्यो रहस्य :
नवलपरासीबाट नारायणगढ़सम्म हिँडेकी फुलमाया ट्रक भित्रै निदाएपछि ट्रक चालक र सह-चालक ले उनलाई तनहुँको छिर्कने स्थित एकान्त ठाउँमा ल्याएर सामुहिक बलात्कार गरेर छाडे । बलात्कारको सिकार भएकी उनी त्यहाँबाट पोखरा आईपुगिन् र आफुले चिनेको एक आफन्तसँग घटना बिबरण सुनाईन् । उक्त घटनाको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालयसम्म पुग्यो ।
पीडीतले आफुमाथि जबर्रजस्ती करणी भएको भनेर जानकारी दिएपछि प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय तनहुँलाई सत्यतथ्य बुझ्न आदेश दियो । प्रदेश प्रहरीले दिएको आदेशको अनुसार तनहुँ प्रहरीले आरोपीको खोजि सुरु गर्याे ।
अन्तत उक्त ट्रकका चालक बिमल र सह-चालक गोपाललाई तनहुँ प्रहरीले तनहुँकै ब्यास नगरपालिका-३ बनबाटिका चौरमा ट्रकबाट सामान अनलोड गर्दै गरेको अबस्थाबाट पक्राउ गर्याे ।
आरोपीत दुबैलाई जबरजस्ती करणी मुद्धामा म्याद थप :
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेका अनुसार आरोपीत दुबैलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ (१) बमोजिम पक्राउ गरी आज (शुक्रबार) जबरजस्ती करणी मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ भने पीडीतको स्वास्थ्य परिक्षण गरिएको छ ।
ताजा
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवार
हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





