सरकारको चौतर्फीरुपमा ब्यापक आलोचना भएपछि प्रधानमन्त्रीद्वारा एकाएक राजीनामा

२०७५ चैत्र ८ गते, शुक्रबार

जनचासाे संवादाता ।
पछिल्लो समय मुलुकमा बढेको भ्रष्टाचार, हिँसा, राजस्वमा गरिएको वृद्धि रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचनासँगै सरकारी मितव्ययी कदमहरूको विरुद्धमा ठूला(ठूला प्रदर्शनहरू भएपछि प्रधानमन्त्रीले राजीनामा दिएका छन्
चौतर्फी आलोचना र नागरिकको ब्यापक बिरोधका कारण पछिल्ला दिनमा प्रधानमन्त्री अलोकप्रिय बन्दै गएसँगै उनका बिरुद्ध देशमा लगातार विरोधप्रदर्शनहरू भएपछी उनले एकाएक आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । पछिल्लोबर्ष देशमा नागरिकले मूल्यवृद्धिको सामना गर्नुपरेको र सोहीअनुसार कर्मचारीको तलब बढ्न सकेको छैन ।

यो खबर पेरुको हो । वर्षको सुरुवातमा देशको ऋण कटौती गर्ने योजनाअन्तर्गत खरिद करमा वृद्धि गरिएको थियो भने खाने कुरामा दिइएको आर्थिक अनुदान हटाइएको थियो । प्रधानमन्त्रीले सो विधेयकलाई पारित गर्ने वा नगर्ने जिम्मा संसद्को भएको भन्दै त्यसलाई खारेज गर्न अस्वीकार गरेका थिए ।
सार्वजनिक सेवाका लागि खर्च जुटाउन रकमको आवश्यकता परेको उनको सरकारले बताएको थियो । साथै करसम्बन्धी नयाँ विधेयक ल्याइनुको अर्थ अधिक कमाउनेले धेरै कर तिर्नुपर्ने भएको सरकारले बताएको थियो । तर सो विधेयकले जीवनस्तर थप खस्काइदिने चिन्ताहरू प्रदर्शनकारीहरुले व्यक्त गरेका छन् ।

नागरिकले मूल्यवृद्धिको सामना गर्नुपरेपछि सरकारको ब्यापक आलोचना भएसँगै राजा अब्दुल्लाहले प्रधानमन्त्री सेजार भिल्लानुभालाई बोलाएर उनको राजीनामाको माग गरेका थिए । पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएको जनाइएको हो । सेजार यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री भएका थिए ।
यसैबीच उता अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बुटिफ्लिकाले आगामी अप्रिल १८ का लागि तय भएको निर्वाचन स्थगित गरेका छन् । उनले आफू पाँचौं कार्यकालका लागि उम्मेदवारसमेत नबन्ने घोषणा गरेका छन् । अब्देलाजिजको उम्मेदवारीलाई लिएर केही हप्तादेखि विरोध हुँदै आएको थियो ।

उनले विगत २० वर्षदेखि अल्जेरियाको नेतृत्व गर्दै आए पनि सन् २०१३ देखि सार्वजनिक कार्यक्रममा कम मात्रै देखिने गरेका थिए । निर्वाचन स्थगित गरिए पनि नयाँ निर्वाचन हुने मिति घोषणा भने गरिएको छैन । राष्ट्रपति अब्देलाजिजले मन्त्रिपरिषद्बाट चाँडै निर्वाचनको नयाँ मिति तय गरिने बताएका छन् ।
राष्ट्रपति अब्देलाजिजले पाँचौं कार्यकालका लागि आफू उम्मेदवार नबन्ने घोषणामाथि कुनै प्रश्न नभएको बताए । उनले आफ्नो स्वास्थ्य र उमेरका कारण उम्मेदवारी नदिने निर्णय गरेको स्पष्ट पारे । अब फाउन्डेसनमार्फत नागरिकको सेवामा लाग्ने उनले बताए ।

यसैबीच अल्जेरियाका प्रधानमन्त्री अहमेद ओहामियाले राजीनामा दिएका छन् । उनको ठाउँमा निउरोद्दीन बेडुइलाई नयाँ सरकार बनाउने जिम्मेवारी दिइएको छ ।
यसैबीच संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राजधानी काराकासस्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई स्वदेश फर्काउने भएको छ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओलेले सोमबार अमेरिकी विदेश मन्त्रालयले अबेर राति जारी गरेको विज्ञप्तिमा भेनेजुएलामा कार्यरत आफ्ना सबै कर्मचारीलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

भेनेजुएलामा जारी राजनीतिक सङ्कट गहिरिँदै गएपछि अमेरिकाको सो घोषणा आएको हो। यद्यपी अमेरिकी विदेश मन्त्रालयले गत जनवरी २४ मा नै दूतावासका उच्चस्तरीय कर्मचारी, उनीहरुका परिवारजन र अन्य आश्रित व्यक्तिहरुको संख्या कटौती गर्न निर्देशन दिएको थियो।
भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफूलाई दोस्रो अवधिको लागि पनि राष्ट्रपति भएको घोषणा गरेसँगै अमेरिकाले उक्त निर्णयप्रति असहमति जनाउँदै आएको थियो। यहीबीच गत जनवरी २३ मा भेनेजुएलाका विपक्षी नेता हुवाँ गुआइदोले आफूलाई विवादस्पद रुपमा मुलुकको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकाले गुआइदोलाई नै मान्यता दिएको थियो ।

गुआइदोलाई यस प्रकारको अमेरिकी सहयोग प्राप्त भएलगत्तै मदुरोसँग अमेरिकाको सम्बन्ध अझ बिग्रिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मदुरोलाई सत्ताबाट हटाउन चौतर्फी दबाब दिँदै आएको छ।
भेनेजुएलामा केही दिनयता विद्युत् आपूर्ति बन्द भएका कारण १७ जनाको ज्यान गइसकेको छ। विद्युत आपूर्ति सुचारु हुन नसकेपछि विद्यालय तथा व्यवसाय बन्द गर्न सरकारले आदेश दिएको छ। भेनेजुएलामा जारी राजनीतिक सङ्कटसँगै खाद्यान्न सङ्कट पनि थपिएको छ।
भेनेजुएलामा लगातार पाँचौँ दिन पनि विद्युत् आपूति बन्द भएपछि सर्वसाधारण सडकमा उत्रिएका छन्। हाल देशका २३ मध्ये १४ राज्यमा सरकार विरुद्ध प्रदर्शन जारी रहेको बताइएको छ। विपक्षीहरूले राषभेनेजुएलामा लगातार पाँचौँ दिन पनि विद्युत् आपूति बन्द भएपछि सर्वसाधारण सडकमा उत्रिएका छन्। हाल देशका २३ मध्ये १४ राज्यमा सरकार विरुद्ध प्रदर्शन जारी रहेको बताइएको छ। विपक्षीहरूले राष्ट्रपति मदुरोले सत्ता नत्यागेसम्म प्रदर्शन जारी राख्ने बताएका छन् ।
गुआइदो आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकालगायत ५० भन्दा बढी देशले समर्थन गरेका थिए। यद्यपी राष्ट्रसङ्घ सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरु रूस र चीनले राष्ट्रपति मदुरोलाई समर्थन गरेका छन् ।

277 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal