भारतभर आन्दोलनको रुप लिएको ‘अग्निपथ’….
भारत सरकारले सेनामा भर्नाका लागि ल्याएको अग्निपथ योजनाको विरोधमा शुक्रबार तेस्रो दिन विभिन्न राज्यमा युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शन हिंसात्मक बन्दै गएको छ । बिहारमा ९ वटा ट्रेनमा आगजनी गरिएको समाचार छ । ट्रेनमा गरिएको आगजनीले बिहारको लखीसरायमा एक जना यात्रुको मृ,त्यु पनि भएको छ ।
त्यस्तै, विभिन्न राज्यमा नेताहरुको निवास घेराउ र प्रहरीसँगका झडप भइरहेका छन् । उत्तर प्रदेशमा पनि हिंसात्मक प्रदर्शन भएको छ । ट्रेनसहित सवारी सधान तोडफोड भएका छन् । हरियाणा, राजस्थान, उत्तराखण्ड, हिमाचाल प्रदेश लगायत प्रदेशका ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
भारत सरकारले आफ्नो तीनवटै सैन्य अंग जल, स्थल र वायु सेनाको जवान पदमा अब चार वर्ष नोकरी अवधिका लागि मात्रै भर्ना खुलाउने ‘अग्निपथ’ योजना ल्याएको छ । २१ वर्ष उमेर पुगेकाले भर्ना पाउने र २५ वर्ष पुग्दा तिनले अवकास पाउनेछन् । भर्ना भएकामध्ये २५ प्रतिशतले चौथो वर्षमा सेनाभित्र स्थायी जागिरको अवसर पाउनेछन् । बाँकी ७५ प्रतिशत सेनाबाट बाहिरिनेछन् । अवकासपछि उनीहरुले पेन्सन पाउने छैनन् ।
त्यस्तै, विभिन्न राज्यमा नेताहरुको निवास घेराउ र प्रहरीसँगका झडप भइरहेका छन् । उत्तर प्रदेशमा पनि हिंसात्मक प्रदर्शन भएको छ । ट्रेनसहित सवारी सधान तोडफोड भएका छन् । हरियाणा, राजस्थान, उत्तराखण्ड, हिमाचाल प्रदेश लगायत प्रदेशका ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारले तीन दिन अगाडि जुन १४ मा भारतीय सेनामा भर्नाका लागि ‘अग्निपथ’ नामक योजनाको घोषण गरेको थियो । उक्त योजना बारेको जानकारी युवाहरू समक्ष पुगेपछि १५ जुनबाट आन्दोलन सुरु भएको छ ।
भारत सरकारले आफ्नो तीनवटै सैन्य अंग जल, स्थल र वायु सेनाको जवान पदमा अब चार वर्ष नोकरी अवधिका लागि मात्रै भर्ना खुलाउने ‘अग्निपथ’ योजना ल्याएको छ । २१ वर्ष उमेर पुगेकाले भर्ना पाउने र २५ वर्ष पुग्दा तिनले अवकास पाउनेछन् । भर्ना भएकामध्ये २५ प्रतिशतले चौथो वर्षमा सेनाभित्र स्थायी जागिरको अवसर पाउनेछन् । बाँकी ७५ प्रतिशत सेनाबाट बाहिरिनेछन् । अवकासपछि उनीहरुले पेन्सन पाउने छैनन् ।
यस्तै सरकारले सेनामा धेरैभन्दा धेरै युवालाई रोजगारी दिने अवसरका लागि यो योजना ल्याएको बताइरहेको छ । तर, धेरैले रक्षा खर्च बढ्दै गएको र त्यसको ठूलो हिस्सा सेनाको पेन्सनमाथि खर्च भइरहेकाले त्यसलाई कम गर्न ‘अग्निपथ’ योजना ल्याएको विश्लेषण गरेका छन् । भारत सरकारले रक्षा क्षेत्रमा आफ्नो बजेटको ठूलो हिस्सा खर्च गर्छ ।
चालु आर्थिक वर्षमा पेन्सनमा १ लाख २० हजार करोड खर्च हुने अनुमान छ । पेन्सनमा ठूलो धनराशी खर्च हुँदा सैन्य क्षमता बढाउनलाई चाहिने बजेटमा कटौती गर्ने स्थिति आउने गर्छ । सेनामा भर्ना हुने लाखौं जवानलाई आजीवन पेन्सन दिनु नपर्ने स्थितिमा भविष्यमा ठूलो धनराशि सेनाको क्षमता अभिवृद्धि र हातहतियारको भण्डारणमा खर्च गर्न सक्ने वातावरण बन्ने विश्वास गरिएको छ ।
भारतीय सेनामा दुई वर्षदेखि कुनै पनि भर्ती हुन सकेको छैन । यसका लागि कोरोना महामारी लगायत कारण बताइएको छ । सेनामा भर्ना हुन भारतभर लाखौं युवाले काम छाडेर तयारी गरिरहेका हुन्छन् । वर्षेनि ६० हजार जवानको भर्ती हुँदै आएको थियो । दुई वर्षयता रोकिएपछि एक लाखभन्दा बढी पदका लागि लाखौंको संख्यामा युवाहरुले भर्नाको प्रतिक्षा गरिरहेका छन् । कतिपयको शारिरीक र स्वास्थ्यजाँच समेत भइसकेको छ । उनीहरुको अन्य परीक्षा बाँकी थियो । तर, आजभोलिमै भर्ना खुल्ने प्रतिक्षामा रहेका युवाहरुका अगाडि हठात रुपमा नयाँ योजना आएपछि उनीहरु आक्रोशित हुन पुगेका हुन् ।
सरकारले भने यस वर्ष चार वर्षका लागि ४६ हजार सैन्य जवानको भर्ना गर्ने र प्रत्येक वर्ष त्यसको संख्या बढ्दै जाने बताएको छ । छिटो छिटो पद रिक्त हुने भएपछि युवाहरुका लागि सेनामा अवसर खुलिरहने बताइएको छ । ‘अग्निपथ’ योजना अन्तर्गत भर्ना भएकालाई ‘अग्निवीर’ नाम दिइएको छ । नियमित मासिक तलब बाहेक चार वर्षपछि अवकासका बेला ‘अग्निवीर’ को हातमा ११ लाख ७१ हजार रुपैयाँ हुने छ ।
विरोध बढेपछि २४ घण्टामै केन्द्र सरकारले भर्नाको उमेरमा परिवर्तन गरेको छ । भर्नाका लागि तोकिएको २१ वर्षको उमेरलाई बढाएर २३ बनाइएको छ । त्यसले धेरैले अवसर पाउन सक्ने बताइएको छ । तर, त्यसले पनि विरोध थामिएको छैन । मोदी सरकारले विगतमा चर्को आन्दोलनपछि सन् २०१५ मा भूमि अधिग्रहण विधेयक तथा किसानको चर्को विरोपछि सन् २०२१ मा तीनवटा कृषि कानुनहरुलाई फिर्ता लिनु परेको थियो । अहिले युवाहरुको विरोध बढ्दै गए मोदी सरकार दबाबमा पर्ने निश्चित छ ।
यस्तै आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालले युवाहरूलाई चार वर्ष मात्रै होइन, जीवनभर देशको सेवा गर्ने मौका दिइनुपर्ने बताएका छन् । यस्तै समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले ‘अग्निपथ’ योजना युवाको भविष्यका लागि घातक रहेको टिप्पणी गरेका छन् । अन्य विरोधकर्ताहरूले पनि सेनाबाट २५ वर्षकै उमेरमा ठूलो संख्याम युवाहरु अवकास पाएर समाजमा आउँदा समाजकै सैनीकिकरण हुने र यसले अपराध बढाउन सक्नेसमेत उल्लेख गरेका छन् ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





