प्रत्यक्ष दोहोरीमा दश कक्षाकी कृतिकाको धमाका

२०७९ जेष्ठ ३१ गते, मंगलवार

कक्षा १० मा अध्ययनरत छात्रा कृतिका अधिकारीले प्रत्यक्ष दोहोरीमा गीत गाएर धमाका मच्चाएकी छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ मा रहेको श्री महेन्द्र माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा अधिकारीले केही दिनअघि गायक टेकेन्द्र बोहोरासँग ‘कहाँ गयौ भँगेरी चरी’ बोलको गीतमा दोहोरी गाएर धेरै दर्शक स्रोतालाई नचाएकी हुन् ।

उनी स्याङ्जाको हरिनाश गाउँपालिका– ३ नविासी भए पनि तनहुँ शुक्लागण्डकीको श्री महेन्द्र माध्यामिक विद्यालयमा अध्यनरत छन् । छात्रा कृतिकालाई नै अध्यापन गराउँदै आएका शिक्षक रामजी शर्माको विशेष पहलमा काठमाडौंदेखि गायक टेकेन्द्र बोहोरालाई तनहुँमा उपस्थित गराएर प्रत्यक्ष दोहोरी कार्यक्रम राखिएको थियो ।

आफैं शिक्षक भएको उक्त विद्यालयमा कृतिकाले पहिले–पहिले पनि उत्कृष्ट शब्दमा मिठो गीत गाउँदै आएको थाहा भएको र छात्रालाई सोध्दा प्रत्यक्ष दोहोरी गाउने अवसर पाए पछि नहट्ने जनाएपछि कार्यक्रमको विशेष पहल गरेको रामजी शर्माले जानकारी दिए । समाजसेवामा समेत सक्रिय शिक्षक शर्मा आफैं पनि कला क्षेत्र एवं दोहोरी गाउन अग्रसर छन् ।

आफैंले पढाउने विद्यालयलाई कला संस्कृतिको माध्यमले चिनाउन चाहेको उनले बताए । उनी विभिन्न संघ संस्थामा आवद्ध रहेर हरेक विपद् तथा बाढी पीडितहरुलाई सहयोग गर्दै पनि आएका छन् ।

विदेशका भण्डै आठवटा देशमा घुमेका शिक्षक शर्माले भने, ‘म आफैं पनि कला क्षेत्रलाई माया गर्ने भएकाले विद्यालयलाई कलाबाट प्रोत्शाहन गर्न इच्छा जाग्यो, छात्रा कृतिकाको पनि गायनमा राम्रो प्रतिभा भएकाले उनको भविष्यमा कलाकार बन्ने चाहनालाई प्रोत्साहन गरेको हुँ ।’

उनले उक्त दोहोरी कार्यक्रमको लागि सोही विद्यालयका अर्का शिक्षक चक्रबहादुर क्षेत्रीले सहजीकरण गरेको बताए । कार्यक्रममा विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु, गायिका छात्राका अभिभावकलगायत स्थानीयको सहभागीता रहेको थियो । छात्रा कृतिकाले भविष्यमा आफू सफल गायिका बन्ने इच्छा जागेको बताइन् ।

‘स्याङ्जाबाट धेरै कलाकारहरु चर्चित छन्, उनीहरुको चर्चा देखेर मलाई पनि गायिका बन्ने चाहना छ’, कृतिकाले भनिन्, ‘गायनको सुरुवात यस्तै प्रत्यक्ष दोहोरीबाट हुने भएकाले मैले यसपटक गीतको सुरुवात गरेकी हुँ ।’ साथै, उनले आफ्नो लागि दोहोरी कार्यक्रमको विशेष पहल गरिदिएकोमा आभार व्यक्त गर्दै शिक्षक रामजी शर्मालाई धन्यवाद दिइन् ।

कृतिकाका बुवा–आमाले पनि छोरीको कलाकार बन्ने सपनालाई प्रोत्साहन गरिदिएकोमा धन्यवाद ज्ञापन गरे । गायक टेकेन्द्र बोहोराले प्रत्यक्ष दोहोरीमा छात्रा कृतिकाको शब्द प्रहार गर्ने शैली राम्रो भएको बताए । ‘बैनीको शब्द प्रहार गर्ने शैली राम्रो छ, प्रत्यक्ष दोहोरीबाटै हो गायनमा अगाडि बढ्ने,’ उनले भने, अझै विस्तारै राम्रो हुँदै जान्छ ।’

कृतिकालाई विद्यालयका प्रधानाध्यापक विष्णु पोखरेलसहित सम्पूर्ण विद्यार्थीहरुले उत्कृष्ट दोहोरी एको प्रतिक्रिया दिँदै आगामी दिनमा अझै सशक्त भएर अगाडि बढ्न शुभकामना दिएका थिए । उक्त प्रत्यक्ष दोहोरीको सप्तरंगी संसार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal