कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।

२०७९ जेष्ठ ३१ गते, मंगलवार

भारतमा सिक्किम सरकारले नेपाली चलचित्र कबड्डी-४ को प्रदर्शनमा रोक लगाएको छ । त्यहाँका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेलेविवाद समाधान नहुन्जेलसम्मका लागि राज्यमा कबड्डी-४ को रिलिजमा रोक लगाइएको जानकारी दिएका छन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमा कबड्डी-४ को रिलिजमा रोक लगाइएको जानकारी दिँदै लेखेका छन्, मुख्यमन्त्री तामाङले ‘विभिन्नसंघसंस्था र संगठन तथा सिक्किमे जनताको भावनालाई मध्यनजर गर्दै सरकारले स्वीकार्य तरिकामा विवाद समाधान नहुन्जेलसम्मकालागि कबड्डी-४ को रिलिजमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।’

जेठ १३ गते रिलिज भएको कबड्डी-४ सिक्किमको राजधानी ग्यांगटोक र नाम्चीमा जुन १७ मा रिलिज गर्ने थयारी थियो। तर सिक्किमलामा एसोसियसन तथा अल इन्डिया बुद्धिस्ट फोरमलगायतका संस्थाहरू भने कबड्डी-४ को प्रदर्शनमा रोक लगाउन पर्ने माग राख्दैबएका थिए। उनीहरूले पत्रकार सम्मेलन नै गरी कबड्डी-४ को प्रदर्शनमा रोक नलगाइए हलमा हुने तोडफोड र क्षतिको जिम्मेवारीआफूहरूले नलिने बताएका थिए।

सिक्किमका बौद्ध भिक्षु ओन्डी पिन्टोले पत्रकार सम्मेलनमा भनेका थिए, ‘चलचित्रमा दयाहाङ राईले निभाएको लामाको चरित्रले सम्पूर्णलामाहरूको आस्थामा ठेस पुर्‍याएको छ। यो वास्तवमै बुद्धिज्म र भिक्षुहरूमाथिको अन्याय हो। यसबारेमा सबैले आवाज उठाउनुपर्छ।हामी नेपालमा पनि यो विवाद समाधान होस् भन्ने चाहन्छौँ।’

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal