नायिकामाथि दुर्व्यवहार गरेको आरोपमा लामा ३ हजार धरौटीमा रिहा

२०७९ जेष्ठ १७ गते, मंगलवार

काठमाडौं । नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामासँग ३ हजार धरौटी माग गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले उनलाई ३ हजार धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । सो धरौटी तिरेपछि फुर्वा रिहा हुनेछन् ।
आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए । प्रहरीले लामाविरुद्ध अभद्र व्यवहार मुद्दामा सिडियो कार्यालयमा उपस्थित गराएकामा मंगलबार रिजालले रिहा गर्न आदेश दिएका हुन् ।
एक वर्ष भन्दा कम समय सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले आदेश गर्न सक्ने कानुनी व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर सीडीओ रिजालले लामालाई रिहा गर्ने आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीले जानकारी दिए ।
यसैबीच अभिनेत्री मिरुना मगरले फुर्वा लामाले आफूलाई पटक पटक दुर्व्यवहार गरेको कारण प्रतिकारमा उत्रिएको बताएकी छन् । एक युट्युब च्यालनसँग कुराकानी गर्दै उनले अति भएर दुर्व्यवहारको प्रतिकार गरेको बताएकी हुन् ।
‘कार्यक्रममा धेरै भिड थियो । म साथीहरूसँग सेल्फी खिचिरहेको थिए । त्यो क्रममा हल्का छुने त भइहाल्छ नि । यो मैले पनि बुझेकी छु’ उनले भनिन् ‘म अगाडि फर्किएर फोटो खिच्दै थिए । पछाडि कसैले देब्रे साइडमा चिमोटेको फिल गरे । भिडमा त्यतिकै महसुस भएको होला भनेर केही हच्किए ।’ पहिलो पटकमा आफू माथि दुर्व्यवहार भएको होइन होला जस्तो समेत लागेको उनले सुनाइन् ।
तर, फुर्वाका समर्थकहरुले भने झुटो आरोप लगाएको दाबी गरेका छन् । उनीहरुले मिरुना मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन समेत गरेका थिए ।

222 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal