रामप्रसाद खनालद्वारा एकसाथ सात गीत ल्याउने तयारीमा

२०७८ माघ १० गते, सोमबार

काठमाडौंँ । वरिष्ठ लोकगायक रामप्रसाद खनाल एकसाथ ७ गीत ल्याउने तयारीमा छन् । पछिल्लो समय अमेरिका रहँदै आएका खनाल पारिवारिक कामले केही अगाडि नेपाल आएका थिए । हरेक पटक नेपाल आउँदा नयाँ गीत संगीत र पुस्तक सार्वजनिक गर्ने खनालले एक पुस्तक ‘माटोको दुखाई’ नामक कविता संग्रह समेत सार्वजनिक गरेका छन् ।
खनालले सार्वजनिक ल्याउने तयारी गरेका ७ गीतमा लोकगीत, लोक दोहोरी, भजन, आधुनिक, लोक आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म फरक–फरक छन् । ती सबै गीतको रेकर्ड सकिएको छ । जसमध्ये ४ गीतको म्युजिक भिडियो छायाङ्कन समेत भएको र तीन गीतको बाँकी रहेको खनालले बताए ।
तर कोरोनाका कारण बाँकी गीतको म्युजिक भिडियो छायाङ्कन सम्भव हुन नसकेको खनालले बताए । ‘सबै गीतको भिडियो छिट्टै सक्ने योजना थियो’ खनालले भने ‘बढ्दो कोरोना संक्रमणले अलमल्ल पार्यो ।’ बाँकी तीन गीतको भिडियो अहिले गर्ने कि पछि गर्ने केही निर्णय गर्न नसकेको उनले सुनाए ।
खनालले ल्याउन लागेका ७ गीतमध्ये पहिलो ‘हे कृष्ण ह राम’ बोलको भजन गीत रहेको छ । शब्द, संगीत र स्वर उनकै रहेको गीतमा कोरस गायन समेत समेटिएको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा गायक खनाल, शिवहरि पौडेल लगायतको अभिनय समेटिएको छ । प्रकाश भट्टसँगको सहकार्यमा उनी आफैंले निर्देशन गरेको भजन अहिले सार्वजनिक गरिएको छ । भजनले समाजमा धार्मिक आस्था बाँड्ने, भौतिक र अनुशासित हुन सहयोग पुग्ने खनालले बताए ।
खनालका अन्य गीतहरुमध्ये दोस्रो ‘तिम्री आमा मेरी आमा’ बोलको छ । लोक आधुनिक शैलीको यो गीतले श्रीमान् श्रीमतीलाई घर र माइतमा समान व्यवहार प्रेरित गर्ने खनालको विश्वास छ । खनालको शब्द तथा स्वर रहेको गीतमा संगीत सुरेश अधिकारीले दिएका छन् ।
तेस्रो गीत भने उनको गायिका सुनिता बुढाक्षेत्रीसँगको सहकार्यमा ‘एउटा ढुकुर उडिगयो’ बोलको दोहोरी गीत छ । भिडियो समेत बनेको गीतमा थानेश्वर गौतमले संगीत र कमल सरगमले संगीत संयोजन गरेका छन् । यस्तै खनालले चौथो गीतको रुपमा ‘बग्ने पानीले, मेरो दिल चोरिन् च्यान्टी नानीले’ बोलको लोकगीत बनाएका छन् । उनकै शब्द, संगीत र स्वर रहेको यो गीतको समेत भिडियो छायाङ्कन भएको छ । यो गीतको भिडियोमा अभिनेत्री रजनी केसीको साथमा खनाल आफैंले पनि अभिनय गरेका छन् । यो गीतमा सबैले नाच्ने खनालले दाबी गरे ।
भिडियो गर्न बाकी रहेको ३ गीत ‘यस्तै छ यहाँको चलन’ शीर्षकको गजल, ‘बाँकी छ हेर’ शीर्षकको ख्याली गीत र ‘फूल फुलेझैं’ बोलको दोहोरी गीत छ । जसमध्ये ‘यस्तै छ यहाँको चलन’ थानेश्वर गौतमको संगीत, बिनोद बाजुरालीको संगीत संयोजन रहेको गजल गीत हो । यसमा पनि शब्द तथा स्वर उनकै छ । ‘फूल फुलेझैं’ दोहोरी गीत भने उनले ल्याउन लागेको अन्तिम गीत हो ।
यो लोकदोहोरी गीत अलि पृथक रहेको उनको भनाई रहेको छ । उनकै शब्द रहेको यो गीत गायनमा उनलाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । कमल सरगमको संगीत रहेको गीतले गाउँघरको पानी पँधेरोदेखि विकसित ठाउँको भोगाइ समेत व्यक्त गरेको छ । म्युजिक भिडियो छायाङ्कन भएको गीतहरू भने २ देखि ४ हप्ताको अन्तरमा सबै सार्वजनिक गर्ने खनालले बताए ।
एक समय नेपाल टेलिभिजनमा ‘लोकदोहोरी’ कार्यक्रम सञ्चालन गरेर लोकदोहोरीलाई स्थापित गराउने काम गरेका खनाल गुल्मी धरन्पानी मैनडाँडामा जन्मिएका हुन् । पछिल्लो समय वासिङ्टन डिसी अमेरिका बस्दै आएका उनले १२ सय बढी गीतमा स्वर दिएका छन् ।
लोकगीत, दोहोरी गीत, तीज र भजन गरेर ५२ एल्बम बजारमा ल्याएका उनको ‘माटोको दुःखाई’ कविता सङ्ग्रह पुस्तकमा अठारौँ कृति हो । १५०० बढी कविता, मुक्तक, गजल लेखन गरेका खनाल विगत ३० बर्षदेखि गीत संगीत, लोक संस्कृति र साहित्य क्षेत्रमा क्रियाशील छन् ।
रेडियो नेपाल, नेपाल टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यममा काम गरेका खनाल थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानबाट समेत सम्मानित छन् । उनी अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको संस्थापक तथा अध्यक्ष हुन् ।
‘देउरालीमा पीपल छायाँले’, ‘दिन बिताउनै गाह्रो भो मलाई त पागल भएँ तिम्रै मायाले’, ‘छाता ओझेल पारिदेऊ बर्खे झरीमा’ लगायत खनालका थुप्रै गीत लोकप्रिय छन् ।

230 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal