‘मान्छे कालो भए पनि मन सफा भएकाले जे देखेको छ त्यो बोलिदिने भएकाले म र मजस्ता मान्छे सधैं ओझेलमा परेका छौं’– जोसन श्रेष्ठ, अन्तर्राष्ट्रिय भलिवल खेलाडी

२०७८ माघ ९ गते, आईतवार

काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका ७ (तत्कालीन भोजपुर गाविस) का जोसन श्रेष्ठलाई खेलकुद सम्झिनेबित्तिकै मन हल्का हुन्छ र कहिलेकाहीँ गह्रौ मन पनि हुन्छ । आफूले यो क्षेत्रमा गरेको श्रम र प्रगति सम्झिँदा उनी खुशी हुन्छन् भनें सरकारले खेल क्षेत्रलाई र खेलाडीलाई गरेको बेवास्ताले उनको मन रोएको छ ।
आफ्ना साहिला दाई जीवनकुमार श्रेष्ठ भलिवल, फुटवल र व्याडमिन्टनका खेलाडी भएकाले पनि जोसनलाई खेल क्षेत्रमा आउन सहज भयो । उनी यहाँसम्म आउनुको सम्पूर्ण श्रेय दाजुलाई नै दिन्छन् । दाजुले नै ‘खेल्नुपर्छ कान्छा’ भनेको उनलाई अझै सम्झना छ । ५ दाजुभाई र ४ दिदीबहिनीका धनी उनी स्वर्गिय भीमबहादुर र स्वर्गिय अतरकुमारी श्रेष्ठका छोरा हुन् । बुबाआमाको नै स्वर्गारोहण भइसकेको छ । जोसनले जीवनलाई सधैं खेलकुदमा नै लगाए । उनले २०३८ सालमा बीरेन्द्र सिल्ड प्रतियोगितामा भलिवल, ट्रिपल जम्प र हाइजम्पमा भाग लिए । उनले त्यसपछि पूर्वाञ्चल विकास क्षेत्रको विराटनगरमा जिल्लाको प्रतिनिधित्व गर्दै सहभागिता जनाए । उनले २०३९ सालमा विराटनगरमै जिल्ला स्तरीय भलिवल प्रतियोगिता खेले । २०४० सालमा एस्एल्सी दिइसकेपछि उनलाई नगरपालिकास्तरीय भलिवल प्रतियोगिता खेल्नका लागि धनकुटा नगरपालिकाले लिएर गयो । उनीसँगै महेश श्रेष्ठ र राजेन्द्र श्रेष्ठ पनि गएका थिए । विराटनगरमा राम्रो खेल खेलेपछि उनलाई जापानीज गुरुले तालिमको लागि काठमाडौं बोलाए । उनी सन् १९८६ मा नेपाल आर्मीबाट खेलाडी छनौट भए । पुरानो गोरख गण छाउनीबाट खेलेका उनको राम्रो प्रदर्शन रह्यो । उनले त्यही साल हिमाल सिमेन्टद्धारा आयोजित अन्तर संस्थान भलिवल टुर्नामेन्ट प्रतियोगितामा कृषि विकास बैंकबाट खेल्ने अवसर पाए । उनको समूहले लगातार तीन पटक जितेको थियो । उनले २०४५ सालमा अन्तर संस्थान प्रतियोगितामा नेपाल विद्युत् प्राधिकरणबाट खेल खेले । राम्रा खेलाडीलाई विभिन्न संघ संस्थाले किनेर लाने गर्दथे त्यसमा उनी प्रायःजसो पर्ने गर्थे । सन् १९८६ मा १० औंै एशियन गेममा सहभागी भए । कोरियामा भएको प्रतियोगितामा उनको समूहले जितेन । उनी सन् १९८७ मा तालिमको लागि फेरि चीन गए । त्यही साल कलकत्तामा भएको साफ खेलमा पनि प्रतिस्पर्धा गरे । उनले जापानमा तालिम लिएपछि सन् १९८८ मा इरानमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिए । जित र हारलाई कुनै वास्ता नगरी खेलिरहने उनको कला देखेर सहकर्मी र प्रशिक्षकहरु पनि छक्क पर्ने गर्दथे । उनले सन् १९८८ मै बंगलादेशमा भिक्टोरिया डे कप खेले, लगत्तै १९८९ मा पनि भिक्टोरिया डे कप खेले । सन् १९८९ मा इन्डोनेसियामा मैत्रीपूर्ण खेल खेलेका उनले तीन महिना फेरि तालिम लिए । सन् १९८९ मै कोरियामा पाँचौं एशियन गेम खेलेपछि उनको माग पनि बढ्दै गयो । उनले त्यसपछि पाँचौं एशियन होन्डाई कप खेले । उनले थाइल्याण्डमा पनि एक महिना तालिम लिए । तालिम लिँदालिँदै खारिएका उनले आफ्नो खेललाई पनि थप उत्कृष्ट बनाउँदै लगे । सन् १९८९ मै चौथो दक्षिण एशियाली साफ गेम खेल्ने अवसर पाए । सन् १९९३ मा बंगलादेशमा छैटौं दक्षिण एशियाली साफ गेम खेलेका उनी त्यसपछि केही समयको लागि जापानतिर नै लागे ।
जापानबाट फर्केर आइसकेपछि उनले ललितपुरको ज्ञानोदय स्कुलमा र आर्मीलाई पनि भलिवल प्रशिक्षण सिकाउन थाले । कतै यही क्षेत्रमा काम गर्न पाए आफूले जानेको सिपलाई सही ढंगले प्रयोग गर्ने सोचमा रहेका उनी सरकारले खेल र खेलाडीलाई सम्मान गर्नुपर्ने बताउँछन् । ‘ म मान्छे कालो छु तर दिल सफा छ, जे देखेको छु त्यही बोल्छु त्यसैले कतिपय मान्छे रिसाउँछन्’ उनी भन्छन् ‘ म सत्य कुरा गर्छु, खेलको विकासको लागि नै बोल्छु, दायाँबायाँ जान्दिन र के बोल्दा फाइदा हुन्छ बाटो हेर्दिन ।’ विभिन्न प्रतियोगितामा भाग लिएका उनले कहिल्यै पनि पराजित भए पनि हार मानेनन् । पराजयलाई शक्तिमा बदलेका कारण नै उनले अहिले आएर अन्तर्राष्ट्रिय खेलाडीको सम्मान पाएका छन् । उनी विदेशबाट खेलाडी ल्याएर नेपालमा तालिम दिनुपर्ने र बाहिरी देशमा तालिम लिने अवसर पाउँदा सबै खेलाडीलाई समान रुपले अवसर दिनुपर्नेमा जोड दिन्छन् । आफूहरुले खेल्दाको समयलाई तुलना गर्दा सूचना र प्रविधिको विकाससंगै खेलप्रति शोख राख्ने दर्शकहरू र शुभेच्छुकको संख्या प्रयाप्त मात्रामा बढेको उनको बुझाई छ । खेलाडीहरूले खेलबाट नै आफ्नो जीविकोपार्जन मात्र नभई विकसित देशहरूमा प्रयाप्त मात्रामा कमाई गरेको उनले बुझेका छन् । नेपालमा त्यस्तो सम्भावना र अवस नभएकोमा उनलाई चिन्ता छ । सरकारको खेल क्षेत्रमा थोरैमात्र बजेट बिनियोजन गरेकोमा उनलाई चित्त दुःखेको छ । खेलाडीहरु खेल क्षेत्रबाट आत्मनिर्भर हुन नसक्दा कतिपय खेलाडीहरु खेलबाट बाहिरिएको र अवसरको लागि विदेशिन बाध्य भएकोमा उनलाई नरमाइलो लागेको छ । युवा नै नभएपछि कसले खेल्ने खेल र खेलाडीले कसरी पदक ल्याउने भन्ने चिन्ता छ उनलाई । यसबारे सम्बन्धित निकायले चासो देखाउनुपर्ने उनको सुझाव छ । सार्कस्तरीय साग गेममा हाम्रा खेलाडीहरूले प्रदर्शन गरेको खेलले नै हाम्रो खेल र खेलाडीहरूको क्षमता र दक्षता मापन गर्न सहयोग पु¥याएको उनले स्पष्ट पारेका छन् ।
भलिबल, फुटबल लगायतका खेल र खेलाडीको विकास गर्न गाउँगाउँमा खेल मैदानहरू र कभर्डहल बनाउन सरकारले चासो देखाउनुपर्ने र उपयुक्त लगानी गर्नुपर्ने उनी सरकारलाई सुझाव दिन्छन् । सरकारले खेलाडी र खेलको लागि प्रोत्साहन गर्ने प्याकेज नल्याएकोमा चिन्तित उनी भन्छन् ‘खेल बुझेका मान्छेलाई बाहिर राखेर नेपालको खेलको र खेलाडीको विकास र विस्तार हुन सक्दैन, अहिलेसम्म यो क्षेत्रमा क–कसले कहिले के योगदान गरे सरकारले खोजी गरेर हिसावकिताव राख्नुपर्दछ ।’

306 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal