अस्पतालदेखि प्रशासनसम्म कोरोना सङ्क्रमण

२०७८ माघ ४ गते, मंगलवार

नुवाकोट । नुवाकोटमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । जिल्लामा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएर नियन्त्रणमा लिने प्रयास भइरहेको समयमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीदेखि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि हुनेदर बढेसँगै रोगबाट उच्च सावधानी अपनाउन अपिल गरिएको छ ।

नुवाकोटको त्रिशूली अस्पतालमा दुई विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृतसहित ३० स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए । उहाँका अनुसार कोरोना नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेर सेवा पु¥याउने अधिकांश चिकित्सक–स्वास्थ्यकर्मी भाइरसबाट सङ्क्रमित भएका छन् । “अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स, पारामेडिक्स, प्रयोगशालाकर्मीलाई लक्षणसहितको समस्या देखिएसँगै गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको छ”, अस्पतालका मेसु पाण्डेले भन्नुभयो “जाँच गराउन आउने बिरामीको दर बढिरहेको समयमा स्वास्थ्यकर्मी आफै सङ्क्रमित भएकाले सेवा दिन कठिनाइ भएको छ ।”

अस्पतालको स्त्रीरोग तथा प्रसूति सेवा विभागमा कार्यरत तीन विशेषज्ञ चिकित्सकलाई कोरोना सङ्क्रमण भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले सूचना जारी गर्दै उक्त विभागबाट उपलब्ध गराइने विशेषज्ञ सेवा केही दिनका लागि प्रभावित भएको जानकारी दिएको हो । मानिसको भीडभाड बढेको र स्वास्थ्य मापदण्डको पालना नहुँदा सङ्क्रमणदर बढेसँगै सामान्य प्रकृतिका बिरामी तथा केही समयपछि शल्यक्रिया गर्दा पनि हुने बिरामीलाई अहिले अस्पतालमा नआउन अनुरोध गरिएको छ ।

प्रशासनका कर्मचारी पनि सङ्क्रमित

जिल्ला प्रशासन कार्यालय नुवाकोटका केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको तथा केहीलाई रोगसँग मिल्दोजुल्दो लक्षणसहितको स्वास्थ्यमा समस्या देखिएको छ । जिल्लामा सेवा प्रवाहका लागि महत्वपूर्ण निकायका रूपमा रहेको प्रशासनका कर्मचारीमा कोरोना देखिएकाले अत्यावश्यक परेकाका लागि मात्रै सेवा लिन आउन अनुरोध गरिएको छ ।

प्रशासन कार्यालयले सूचना जारी गर्दै कार्यालयको अग्रस्थानमा रहेर सेवा पु¥याउँदै आएका केही कर्मचारीमा लक्षणसहितको स्वास्थ्यमा समस्या देखिएकाले सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । सङ्क्रमणका कारण कर्मचारी आइसोलेशनमा बसेसँगै जनशक्ति नहुँदा सेवा थप प्रभावित हुनसक्ने भएकाले अत्यावश्यक सेवाका लागि मात्रै आउन सेवाग्राहीलाई आग्रह गरिएको हो ।

अत्यावश्यक सेवा लिनका लागि मात्र आउन प्रशासनले अनुरोध गरे पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता, राष्ट्रिय परिचयपत्र, लामो समय रोकेर एक साताअघिदेखि सुरु गरिएको विद्युतीय राहदानी बनाउनेको सङ्ख्या भने दैनिक १०० भन्दा बढी पुग्ने गरेका छन् । नुवाकोटमा कोरोनाका सक्रिय सङ्क्रमित सोमबारसम्ममा १०१ जना पुगेको छ । (रासस)

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal