भारतीय दादागिरी विरुद्ध चुइँक्क बोल्न सकेनन् गगन र विश्वप्रकाश

२०७८ माघ १ गते, शनिबार

​​​​​​​काठमाडौँ । नेपाली कांग्रेस प्रतिपक्षमा हुँदा सरकारलाई हरेक दिन जसो प्रश्न गर्ने कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा अहिले भूमिगत जस्तै भएका छन् ।

भारतले नेपाली भूमि कालापानी र लिपुलेकमा अतिक्रमण तीव्र पार्दै सडक निर्माण गर्दै आए पनि नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा अहिले केही नबोली भूमिगत जस्तै बसेको हुन् । दुवै जना अहिले हराएपछि सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा उनीहरूको खोजी तीव्र भइरहेको छ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा आफ्नो भूमि समेटेर चुच्ने नक्सा प्रकाशित गरेकोमा विरोध झल्कने गरी प्रश्न गर्दै आएका महामन्त्रीद्धय आफ्नै पार्टी नेपाली कांग्रेस र पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भारतको हेपाहा प्रवृत्ति विरुद्ध चुइँक्क बोल्न सकेका छैनन् ।

सामाजिक सञ्जालका प्रयोगकर्ताले अहिले विगतमा थापा र शर्माले गरेका प्रश्नहरूको स्क्रिन सर्टहरू सेयर गर्दै थापा र शर्मा कता हराए भन्दै प्रश्न गरिरहेका छन् । प्रयोगकर्ताहरूले गगन र विश्वप्रकाश हराउनुमा परमादेशबाट बनेको कांग्रेस नेतृत्वको सरकारलाई दोष दिएका छन्।

महामन्त्रीद्धयहरुले हिजो एमालेको सरकार हुँदा आफ्नो राजनीतिक चर्चाका लागि भारतको विरोध गरेजस्तो गरे तर राष्ट्रियताको सवालमा गम्भीर टिप्पणी गर्नुपर्ने बेला भूमिगत हुने प्रवृत्तिमाथि सामाजिक सञ्जालका प्रयोगकर्ताले आलोचना गरेका छन् । (चक्रपथबाट)

232 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal