भारतीय दादागिरी विरुद्ध चुइँक्क बोल्न सकेनन् गगन र विश्वप्रकाश
काठमाडौँ । नेपाली कांग्रेस प्रतिपक्षमा हुँदा सरकारलाई हरेक दिन जसो प्रश्न गर्ने कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा अहिले भूमिगत जस्तै भएका छन् ।
भारतले नेपाली भूमि कालापानी र लिपुलेकमा अतिक्रमण तीव्र पार्दै सडक निर्माण गर्दै आए पनि नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा अहिले केही नबोली भूमिगत जस्तै बसेको हुन् । दुवै जना अहिले हराएपछि सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा उनीहरूको खोजी तीव्र भइरहेको छ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा आफ्नो भूमि समेटेर चुच्ने नक्सा प्रकाशित गरेकोमा विरोध झल्कने गरी प्रश्न गर्दै आएका महामन्त्रीद्धय आफ्नै पार्टी नेपाली कांग्रेस र पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भारतको हेपाहा प्रवृत्ति विरुद्ध चुइँक्क बोल्न सकेका छैनन् ।
सामाजिक सञ्जालका प्रयोगकर्ताले अहिले विगतमा थापा र शर्माले गरेका प्रश्नहरूको स्क्रिन सर्टहरू सेयर गर्दै थापा र शर्मा कता हराए भन्दै प्रश्न गरिरहेका छन् । प्रयोगकर्ताहरूले गगन र विश्वप्रकाश हराउनुमा परमादेशबाट बनेको कांग्रेस नेतृत्वको सरकारलाई दोष दिएका छन्।
महामन्त्रीद्धयहरुले हिजो एमालेको सरकार हुँदा आफ्नो राजनीतिक चर्चाका लागि भारतको विरोध गरेजस्तो गरे तर राष्ट्रियताको सवालमा गम्भीर टिप्पणी गर्नुपर्ने बेला भूमिगत हुने प्रवृत्तिमाथि सामाजिक सञ्जालका प्रयोगकर्ताले आलोचना गरेका छन् । (चक्रपथबाट)
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





