सञ्चारमन्त्री कार्की आइसोलेशनमा

२०७८ पुष २५ गते, आईतवार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होम आइसोलेशनमा बस्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होम आइसोलेशनमा बस्नुभएको हो ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीे सत्ता गठबन्धनको शुक्रबारको बैठकमा सहभागी हुनुभएको थियो । उहाँले पिसीआर परीक्षण गरेर नतिजा आएपछि मात्रै नियमित भेटघाट र काममा फर्कने जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि शनिबारदेखि आइसोलेशनमा बस्नुभएको छ । माओवादीका नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।

190 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

१५ गते राजधानीमा थारु संस्कृतिको ‘घोंघी सांस्कृतिक साँझ २०८३’

२०८३ जेष्ठ १० गते, आईतवार

सभामुखले पनि फकाउन सकेनन् प्रधानमन्त्रीलाई

२०८३ जेष्ठ १० गते, आईतवार

ओलीलाई अझै अप्ठ्यारो

२०८३ जेष्ठ १० गते, आईतवार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal