दाहाल–ज्ञानेन्द्र कनेक्सनः विकिलिक्सले नै पार्यो छताछुल्ल
काठमाडौं । तत्कालिन ज्ञानेन्द्र र दाहालबीच २०६० साल मंसिर १८ गते भएको पाँचबुँदे सहमतीको विस्तृत खुलासा भइनसके पनि विस्तारै दाहाल–ज्ञानेन्द्र कनेक्सन र पाँचबुँदे सहमतीका विभिन्न प्रमाणहरु भने सार्वजनिक हुनेक्रम सुरु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि मात्र ज्ञानेन्द्र र दाहालको उक्त संझौतापछि दरबारले नेपालमा दलहरुमाथि नै प्रतिबन्ध लगाइएको खुलासा गर्नुभएको थियो । ओलीको मत थियो माघ ‘१९’ को कदम अघि तत्कालिन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्डबीचको संझौता जिम्मेवार छ ।
प्रचण्ड र ज्ञानेन्द्रको मित्रवत सम्बन्ध र शक्ति बाँडफाँटका बारेमा पूर्वमाओवादी नेतृ हिसिया यमीदेखि चरम माओवादी युद्धकालमा भारतीय विदेश मन्त्रालयको नेपाल तथा भुटान हेर्ने हाकिम हुँदै नेपालका लागि राजदूतसमेत रहिसकेका रन्जित रेको पुस्तकमा समेत खुलासा गरि पुस्तक लेखिसक्नुभएको छ । ती कितावमा उल्लेख गरिएका खुलासाबारे माओवादी अध्यक्षले मौनता साध्नुले पनि उनी र ज्ञानेन्द्रबीचको कनेक्सनको सत्यता पुष्टि हुन्छ ।
त्यसोत प्रचण्ड र ज्ञानेन्द्रको शक्ति बाँडफाँडको सहमति बारेमा विश्व चर्चित दस्तावेज विकिलिक्सले समेत सार्वजनिक गरेको थियो । अमेरिकाका गोप्य सूचनाहरू चुहाएर चर्चामा आएको विकिलिक्स्ले अमेरिकी गुप्तचरहरूले तयार गरेर राखेको गोप्य कूटनीतिक सूचनाहरूमा ज्ञानेन्द्र – प्रचण्ड सम्बन्ध बारेमा केही खुलासा गरेको थियो ।
काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकामा सन् २००७ अप्रिल ९ अर्थात २०६३ चैत्र २६ मा पठाएको सूचना चुहाँउदै विकिलिक्सले प्रचण्ड र ज्ञानेन्द्रको शक्ति बाँडफाँटको बारेमा जानकारी सार्वजनिक गरेको थियो ।
बाबुराम भट्टराईले भारतीय गुप्तचर निकाय ‘र’ सँग मिलेर माओवादीका शीर्ष नेताहरूलाई धमाधम भारतमा पक्राउ गराएर पचण्डलाई पनि पक्राउ गर्ने तयारी गरेपछि प्रचण्ड र ज्ञानेन्द्र सम्बन्ध अगाडि बढेको अमेरिकी रिपोर्ट विकिलिक्सले चुहाएको थियो ।
विकिलिक्सले राजा र माओवादी मिलेर अन्य दलहरुलाई तह लाउन प्रचण्डको प्रस्ताव भएको उल्लेख गरेको थियो । यस्तै तत्कालीन विद्रोही माओवादीका कमाण्डर प्रचण्ड राजा ज्ञानेन्द्रको प्रधानमन्त्री बन्न तयार भएको समेत विकिलिक्सले सार्वजनिक गरेको थियो ।
प्रचण्डले ज्ञानेन्द्रका सैनिक अधिकारीमार्फत ज्ञानेन्द्रसँग रोल्पामा भेट्न चाहेको विकिलिक्सले सार्वजनिक गरेको थियो । तर, ज्ञानेन्द्रले भने रुकुम वा म्याग्दीमा भेट्न प्रस्ताव गरेको अमेरिकी गुप्तचर दस्तावेज विकिलिक्स्ले सार्वजनिक गरेको थियो ।

ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार