कोरोनाको तेस्रो लहर सुरु भएपछि फ्रान्समा पुनः एक महिने लकडाउन

२०७७ चैत्र ६ गते, शुक्रबार

एजेन्सी । फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि राजधानी पेरिसमा एक महिनाको लकडाउन घोषणा भएको छ।
पेरिसका साथै देशका अन्य १५ शहरमा पनि शुक्रबार मध्यरातबाट लकडाउन लागू हुने छ।
फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले अहिलेको लकडाउनमा पहिलेको जस्तो कडा प्रतिबन्ध भने नरहने बताएका छन्।
फ्रान्समा बितेको २४ घण्टामा कोरोना भाइरसका ३५ हजार नयाँ संक्रमित फेला परेका छन्।
प्रधानमन्त्री जीन केसटेक्सले कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिन सक्ने चेतावनी दिएका छन्।
फ्रान्सका स्वास्थ्यमन्त्री ओलिविर वेरनले पेरिसको हालत अत्यधिक खराब भइरहेको बताएका छन्।
नयाँ लकडाउनमा अत्यावश्यक बाहेकका सबै कामहरु बन्द रहने छन्। तर विद्यालय भने बन्द नगरिने भएको छ।
सरकारको अनुमति बिना मानिसहरु एक ठाउँबाट अर्को ठाउमा जान पाउने छैनन्। कोरोना भाइरसको खोप लगाउनमा ढिलाई गरेको भन्दै फ्रान्समा सरकारको आलोचना भइरहेको छ।

352 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal