मृगौला पीडित भूमिसरालाई अमेरिका बस्ने नेपालीको सहयोग

२०७७ चैत्र २ गते, सोमबार

काठमाडौं । रोल्पा माडी गाउँपालिका ६ निवासी विगत लामो समयदेखी दुवै मृगौलाले काम गर्न छाडेर उपचार गराइरहेकी भूमिसरा घर्ती मगरको उपचारमा सहयोग गर्न अमेरिका बस्ने नेपालीहरुले सहयोग गरेका छन्।
अमेरिकाको टेक्सासमा बस्दै आएका नेपाली कमल थापा, याशिका बाँठा र इन्द्रेणी कल्चर एशोसिएसनको पहलमा संकलित ७९ हजार ८ सय ९० रुपैयाँ बिरामी भूमिसरालाई हस्तान्तरण गरिएको हो। गायत्री नेशनल हस्पिटल घोराहीमा उपचाररत भूमिसरालाई सोही ठाउँमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको थियो।
अमेरिका बस्ने कमल थापाको पहलमा एनिता राई, निरा निरौला, भावना भण्डारी, यशोदा चौलागाई, हरी कोइराला, सुरेन्द्र राम, विष्णु कँडेल, भिमसेन प्रधान, आशा क्षेत्री, रमा पोखरेल, अशोक यादव, प्रभा विष्ट, यशोदा थापा र इन्द्रेणी कल्चर एशोसिएसनको पहलमा दिलिप सुवेदी, देव शर्मा, रुपक खड्का, गोकर्ण दाहाल, शुसील क्षेत्री, जीवराज बुढा, हेमन्त गेलाल, जीवन गोषी, तेज अर्याल, नेत्र पाण्डे, जनक रानाले सहयोग गरेका थिए।
दुबै मृगौलाले काम गर्न नसकेपछी बिगत लामो समयदेखी भूमिसराले प्राकृतिक उपचार गर्दै आएकी छिन। कमजोर आर्थिक अवस्था भएका कारण निरन्तर उपचार गर्न समस्या भएकाले उपचारमा सहयोग गर्न बिरामी भूमिसराले अनुरोध समेत गरेकी छिन। उनले भनिन, ुनियमित उपचारका कारण मैले आर्थिक अभाब झेल्नु परिरहेको छ। यहाँहरुको सहयोगले उपचारमा केही सहज हुने नै छ। साथै थप उपचारका निम्ती थप सहयोग आवश्यक पर्ने भएकोले सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।

228 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal