महिला हस्तकला मेला सम्पन्न
काठमाडौं । महिला हस्तकला मेला सम्पन्न भएको छ । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा भएको तीनदिने मेला आइतबार सम्पन्न भएको हो ।
“हस्तकलाको प्रवद्र्धन, महिला सशक्तिकरणको सम्वद्र्धन” भन्ने मुल नाराकासाथ ललितपुर महानगरपालिका परिसरमा यहि फागुन २२ गतेदेखि २४ गतेसम्म चलेको मेलाको समापन ललितपुर महानगरपालिकाकी उप–प्रमुख तथा मेला संयोजक गिता सत्यालले गरेकी हुन् ।
उप–प्रमुख सत्यालले महिला सवलिकरणमा जोड दिँदै महिलाको आर्थिक स्थिती सवल नभएसम्म महिला सवलिकरण हुन नसक्ने र त्यसको लागि पुरुषहरुको सहयोग अपरिहार्य हुने बताइन् । उनले हस्तकलाका सामाग्री उत्पादनले महिलाको आर्थिक उपार्जनमा टेवा पुग्ने बताइन् । महिला सशक्तिकरणका लागि आर्थिक पाटो महत्वपूर्ण हुनेभएकाले सर्वप्रथम महिलाको आर्थिक पक्ष बलियो बनाउनु पर्नेमा जोडदिइन् ।
कार्यक्रममा मेला संयोजक तथा नेपाल हस्तकला महासंघका कार्यसमिति सदस्य सबिता सिंहले जानकारी दिइन । उनले महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन÷नेपालको पहिचानअनुरुप स्थानीय हस्तकला वस्तुको बजारीकरण र प्रबद्र्धनले महिलाको आर्थिक पाटोलाई समेत टेवा पुग्ने भएकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने जोड दिइन् । नेपाल हस्तकला महासंघले हरेक वर्ष महिला उद्यमी हस्तकलामा मेला आयोजना गर्दैै आएको बताउदैं कोरोनाबाट व्यवसायमा परेको असरका कारण केहि समय असहज भएपनि अब छिट्टै सहज हुने विश्वास व्यक्त गरिन । उनले समय समयमा हुने यस्ता मेलाले महिला उद्यमीलाई राहत पुग्ने समेत बताइन् ।
कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यलेले बेलाबखतमा आयोजना हुने यस्ता मेलाले महिलाको आर्थिक पाटोसंगै समाजमा स्थापति हुन समेत सहयोग पुग्ने बताए ।
मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान, हाड र सिंगका वस्तु, बिड्सका सामान, उनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामाग्री ,सीसाजन्य सामग्री गरी करिब ५० स्टल व्यवस्था गरेको थियो । मेलामा काठमाडौं उपत्यकाभित्रका जिल्लाको लघु, घरेलु उत्पादक एव कम आय भएका महिला, जनजाति आदिबासी उद्यमीका साथै अपाङगता भएका महिलाका उत्पादनहरु रहने पनि उहाँले जानकारी दिनुभयो । महासंघका अनुसार कुल सदस्यमध्ये १० प्रतिशत महिला उद्यमीको सहभागिता रहेको थियो ।
मेलामा समापन कार्यक्रममा स्टल नं. ९ की रुकमीणी श्रेष्ठलाई उत्कृष्ठ महिला उद्यमी रुपमा सम्मान गररिएको थियो ।
।
ताजा
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
२०८३ असार १८ गते, बिहीबार
सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
२०८३ असार १८ गते, बिहीबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
आज रास्वपाको नयाँ कार्यसमितिको शपथ
२०८३ असार १७ गते, बुधबार
आज यी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ असार १७ गते, बुधबार
तत्काल पार्टी एकताको सम्भावना छैनः ओली
२०८३ असार १६ गते, मंगलवार
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
२०८३ असार १६ गते, मंगलवार
विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
२०८३ असार १६ गते, मंगलवार
जातिय विभेद माथि प्रश्न र उत्तर
२०८३ असार १६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





