नेपालको माटोको डिजिटल नक्सा तयार गर्ने एशियामै पहिलो बन्यो नेपाल
काठमाडौं । नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्व वा गुणहरु देखाउनका लागि जि.पि.एम.का माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो । उक्त नक्साको बुधबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नम्साको समुद्घाटन गर्नुभएको हो ।
मन्त्रालयका अनुसार देशैभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो । दक्षिण एशियाका अन्य देशहरुमा पनि यो प्रविधिको माटोको नक्सा तयार ती केही जिल्ला, प्रदेश वा क्षेत्रमा मात्र सिमित छन् । त्यसअनुसार देशैभरको माटोको नक्सा तयार गर्न नेपाल पहिलो बनेको हो ।
माटोको डिजिटल नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै अवस्थामा पनि देश बनाउने आफ्नो लक्ष्यमा कुनै फेर बदल नआउने बताउनुभयो । प्रधानमन्त्री ओलीले स्वार्थबाट लपेटिएका मानिसहरुमा यस्ता कुराले धेरै फरक पारे पनि आफूलाई फरक नपरेको पनि उहाँले बताउनुभयो । ‘उदय सविता रक्तो रक्तश्चास्तमये यथा । सम्पत्तौ च विपत्तौ च महतामेकरुपता’, सँस्कृतश्लोक उधृत गर्दै प्रधानमन्त्रीले भन्नुभयो । आफु जस्तोसुकै परिस्थितिमा पनि दृढताका साथ यो देश बनाई छोड्ने अभियान रहेको उहाँको भनाई थियो ।
प्रधानमन्त्री ओलीले माटोको जिडिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको बताउनुभयो । ‘माटोमा कुन पोषक तत्व छ, कुन पोषक तत्व छैन वा बढी छ । रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउनसक्छ’, उहाँले भन्नुभयो ।
किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्च सक्ने पनि प्रधानमन्त्रीले बताउनुभयो । जनतालाई देशमै उत्पादित वस्तुको उपभोगतर्फ आकर्षित गरिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।
देशमा पर्याप्त उत्पादन भए पनि आयातित लाम्चो दाना भएको चामल तथा आयातित खानेकुरा बजारबाट किनेर खाने बानी हटाउनु पर्ने भनाई उहाँको थियो । ‘हामीसँग प्रशस्त खाद्यबाली छ । तर हामीलाई लामा सीटा भएका पालतलो चामल चाहिन्छ । खाने होइन ज्यूनार गरेजस्तो लाग्ने, भात होइन भुजा जस्तो लाग्ने’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यो त्यही माटो चामललाई पेलेर लामो, पातलो बनाइएको नक्कली चामल हो । कुनै धान देख्नुभएको छ १ इञ्च लामो ? त्यो सब धोका हो । पेलेर लामो बनाइएका हुन् । सब नक्कली हुन् ।’
देशमा ६५ प्रतिशत जनता कृषिमा आधारित भए पनि राष्ट्रिय आयमा २७ प्रतिशत मात्र योगदान रहेको भन्दै उहाँले प्रतिशतको तुलना अलि नमिलेको बताउनुभयो । यसलाई सन्तुलनमा ल्याउन उत्पादकत्वमा व्यापक वृद्धिमा जानुपर्ने पनि प्रधानमन्त्रीले बताउनुभयो । ‘ठूलो मात्रामा उत्पादन गरेमा हामीले निर्यात गर्न बजार पाउँछौं । तर त्यसका लागि गुणस्तर, सहज मुल्य र समयमै आपूर्ति गर्नसक्ने क्षमता आवश्यक छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो । कृषिमा दिइने अनुदानलाई दुरुपयोग नहुने गरी परिवर्तन गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब कृषिमा युवाहरुलाई आकर्षित गरिनुपर्ने समेत बताउनुभयो ।
सानो स्केलको उत्पादनले अब विकास नहुने भन्दै प्रधानमन्त्री ओलीले ठूलो स्केलको उत्पादनमा जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक डोको भिण्डी, एक डोको करेला फलाएर बजार पाएन भन्नु बेकार हो । अब हामी ठूलो मात्राको उत्पादनमा जानुपर्छ । ठूलो मात्राको उत्पादन गर्नुस् सरकारले बजारको व्यवस्था गर्छ ।’
त्यस अवसरमा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने तर्फ माटोको डिजिटल म्यापिङ महत्वपूर्ण फड्को भएको बताउनुभयो । माटोको विद्युतीय नक्सांकन मार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ ? कुन बालीको उत्पादन राम्रो हुन्छ ? कति मल प्रयोग गर्ने जस्ता जानकारी सहजै लिन सक्ने उहाँको भनाई थियो ।
आफू ३ वटै मन्त्रालयको नेतृत्वमा गइरहँदा ऐतिहासिक महत्व राख्ने महत्वपूर्ण कार्य गर्ने अवसर प्राप्त गरेको भन्दै उहाँले कृषि मन्त्रालयमार्फत दक्षिण एशियाकै पहिलो देश हुनेगरी माटोको डिजिटल नक्सा तयार गर्न सफल भएको बताउनुभयो । ‘सार्क क्षेत्रमै हामीले पहिलोपटक माटोको डिजिटल नक्सा बनाउन सफल भएका छौ । हामीले नक्सा निर्माण गर्यौ’, मन्त्री अर्यालले भन्नुभयो, ‘यसबाट माटोको अवस्था के छ ? के गर्दा उत्पादन बढाउन सकिन्छ ? गुणस्तरको अवस्था के छ भनेर पत्ता लगाएर त्यसअनुसारको कृषि कर्म अगाडी बढाउन सकिन्छ ।’ यो नक्सा कार्यान्वयनमा ल्याउदा कृषि क्षेत्रमा ठूलो क्रान्ति गर्न सकिने उहाँको भनाइै थियो ।
देशभरबाट कुल २३ हजार दुई सय ७३ वटा माटोको नमूना परिक्षण गरी तयार गरिएको यो नक्सांकनले कृषकलाई सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोका रसायनिक पक्षबारे विस्तृत जानकारी पाउनसक्छन् । नक्सांकन कार्यले किसानमात्र नभई नीति निर्माता, अनुसन्धान कर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्ता लाईसमेत माटो सम्बन्धी पूर्ण जानकारी दिनेछ ।
त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले दक्षिण एशियामै पहिलो पटक यस प्रकारको प्रविधि प्रयोग नेपालमा ल्याइएको जानकारी दिनुभयो । माटो व्यवस्थापनको लागि उक्त डिजिटल नक्सा कोसेढुंगा साबित हुने समेत सचिवा कार्कीको भनाई थियो ।
यसैबीच नेपाल कृषि अनुसन्धान परिषद्का प्रमुख डा. दिपक भण्डारीले २१ औं शताब्दी प्रविधिमा नक्साको प्रयोग उदाहरणीय भएको बताउनुभयो । नक्सालाई मोबाइल एपबाट पनि प्रयोगमा ल्याउने योजनामा रहेको समेत प्रमुख भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा भिडियो सन्देशमार्फत नेपालका लागि युएसएडकी मिसन प्रमुख सेपिडे केभानसाडले नेपाललाई बधाई ज्ञापन गर्दै यस प्रकारका सहयोगको लागि युस एड सदैव साथ रहने बताउनुभयो ।
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





