लोकतन्त्र र सङ्घीयता धरापमा

२०७७ पुष २६ गते, आईतवार

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले संसद बिघटनका कारण लोकतान्त्रिक गणतन्त्र र सङ्घीयता धरापमा परेको बताएका छन्।
दैलेखको दुल्लुमा शनिबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै शर्माले भने, “पार्टी एकता गर्दा संविधान कार्यान्वयनलाई मुख्य विषय बनाइएको तर त्यसो हुन सकेन । यो प्रतिगमन भयो । प्रतिनिधिसभा बिघटन भयो ।”
नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रतिगमन विरुद्धमा देश एकजुट भएर विरोध उत्रेको दावी गरे । देश प्रतिगमनमा जाला भन्ने विषय आफूहरूले नसोचेको बताउँदै उनले भने, “घरभित्र समस्या छ भनेर बस्तीमै आगो लगाउनु कदापी राम्रो होइन । घर त खरानी भयो नै देशमा पनि आगो लागेको छ । जनताले बुझिसकेका छन् ।” पार्टी केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला र विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजाललगायत नेताले बिघटित प्रतिनिधिसभा पुनः स्थापना हुने विश्वास व्यक्त गरेका थिए ।रासस

221 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal