लोकतन्त्र र सङ्घीयता धरापमा

२०७७ पुष २६ गते, आईतवार

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले संसद बिघटनका कारण लोकतान्त्रिक गणतन्त्र र सङ्घीयता धरापमा परेको बताएका छन्।
दैलेखको दुल्लुमा शनिबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै शर्माले भने, “पार्टी एकता गर्दा संविधान कार्यान्वयनलाई मुख्य विषय बनाइएको तर त्यसो हुन सकेन । यो प्रतिगमन भयो । प्रतिनिधिसभा बिघटन भयो ।”
नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रतिगमन विरुद्धमा देश एकजुट भएर विरोध उत्रेको दावी गरे । देश प्रतिगमनमा जाला भन्ने विषय आफूहरूले नसोचेको बताउँदै उनले भने, “घरभित्र समस्या छ भनेर बस्तीमै आगो लगाउनु कदापी राम्रो होइन । घर त खरानी भयो नै देशमा पनि आगो लागेको छ । जनताले बुझिसकेका छन् ।” पार्टी केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला र विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजाललगायत नेताले बिघटित प्रतिनिधिसभा पुनः स्थापना हुने विश्वास व्यक्त गरेका थिए ।रासस

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal