काठमाडौं उपत्यकामा वायु प्रदुषणको मात्रा उच्च, मास्कविना घरबाहिर ननिस्कन आग्रह

२०७७ पुष २१ गते, मंगलवार

काठमाडौं, २१ पुस । काठमाडौं उपत्यकामा वायु प्रदुषणको मात्रा उच्च देखिएको छ ।
सोमबार साँझ काठमाडौं, भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्यूआई) ४०३ पुगेको छ । अघिल्लो दिनको भन्दा यो दोब्बर भन्दा बढी हो ।
मौसमविद् डा।. ऋषिराम शर्माले पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र हिजो–अस्तिको तुलनामा वायु अत्यधिक प्रदूषित भएको हो ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागको तथ्यांकले पनि उपत्यकाको वायु अत्यधिक प्रदुषित भएको पुष्टि गरेको छ । वातावरण विभागको वायु गुणस्तर निगरानीका अनुसार आइतबार भैंसेपाटीको एक्यूआई १७३ थियो ।
२४ घण्टामै वायुको गुणस्तरमा २०० प्रतिशतभन्दा बढीले खराब भएको देखिन्छ । हिजो दिनभरि काठमाण्डौं उपत्यकामा घाम लागेको थिएन । कतिपयले सडकमा हिँड्दा आँखा पिरो–पिरो भएको अनुभव समेत गरेका थिए ।
खासगरी साँझपख घरबाहिर निस्कने धेरैले आँखा पिरो भएको अनुभव गरेका थिए । चिकित्सकहरूका अनुसार अत्यधिक वायु प्रदूषणका कारण समस्या भएको हो ।
वायु प्रदुषणको मात्रा अत्यधिक बढेकाले स्वास्थ्य सावधानी अपनाएर मात्र बाहिर निस्कन विज्ञ तथा चिकित्सकले आग्रह गरेका छन् । जनस्वास्थ्य विज्ञ डाक्टर समिरमणि दिक्षितले वायु प्रदुषण बढेकोले आज र भोलि घरबाहिर ननिस्कन आग्रह गरेका हुन् ।

342 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal