आजदेखि दशौं राष्ट्रिय खेलकुदका खेलहरू सुरु

२०८३ मंसिर ८ गते, मंगलवार

काठमाडौँ । दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन्। औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने आजदेखि नै सुरु हुन लागेका हुन्। आज मंगलबारदेखि पाँच खेलको प्रतिस्पर्धा सुरू हुनेछन्। जसमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार कुल ३२ खेलमध्ये अधिकांश अर्थात् २३ वटा खेल सुर्खेतमै केन्द्रित हुनेछन्। बाँकी ९ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुम तथा छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा हुने भएको छ।

दशौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने यस प्रतियोगितामा ३८४ इभेन्ट्समा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ। आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन र मंसिर २७ गते समापन हुने तय भएको छ।

17 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

दुई मन्त्रीको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !

२०८३ मंसिर ८ गते, मंगलवार

दुई मन्त्रीको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !

२०८३ मंसिर ८ गते, मंगलवार

आजदेखि दशौं राष्ट्रिय खेलकुदका खेलहरू सुरु

२०८३ मंसिर ८ गते, मंगलवार

भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा

२०८३ मंसिर ८ गते, मंगलवार

उत्तम मगरको स्वरमा रहेको  ‘आँखामा तिमी’ सार्वजनिक  ( भिडियो )

२०८३ मंसिर ८ गते, मंगलवार

भारतद्वारा २४ हजार करोडको सहयोग प्याकेज घोषणा

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री बालेन र मोदीद्वारा जनकपुरधाम–अयोध्या रेल सेवाको संयुक्त रुपमा उद्घाटन

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री बालेनको लिखित सन्देशः ‘करुणा नै सर्वोच्च शक्ति हो’

२०८३ मंसिर ७ गते, सोमबार

सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहः डा. केसी

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता

२०८३ मंसिर ७ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal