आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न आह्वान गरेका छन्।
देश अकल्पनीय विपत्तिमा परेका बेला सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्यमा जुटेको जानकारी प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बोधन गर्दै सिङ्गो देश, विश्वभरका नेपाली र अन्तर्राष्ट्रिय समुदायको सहयोग एवम् सहकार्यमा विपत्तिको मिलेर सामना भइरहेको बताएका छन्।
उद्धारका लागि बिहान ६ः३० बजेदेखि नै उडानहरू सुरु भइसकेको र १५ भन्दा बढी उडान सम्पन्न भएको उनले जनाएका छन्। थप हेलिकोप्टर पनि उडानका लागि तयारी अवस्थामा राखिएका छन्।
नेपाली सेनाको उद्धार टोलीले रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरेको छ। उद्धार गरिएकामा ९५ नेपाली र २१ भारतीय नागरिक छन्। यसका साथै टनेलबाट सात जना नेपाली नागरिकको सफलतापूर्वक उद्धार गरिएको जानकारी प्रधानमन्त्री शाहले दिएका छन्।
प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री द्रुत रूपमा पुर्याउने काम भइरहेको छ। राहत सामग्रीका साथै जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट र फलाम-ढुङ्गा काट्ने मेसिन पठाइँदैछ। सम्पर्क सहज बनाउन प्रभावित क्षेत्रमा छिट्टै मोबाइल नेटवर्क तथा चार्जिङको अस्थायी व्यवस्था गरिनेछ।
नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना र पानीको प्रबन्ध मिलाइएको छ। चुस्त उद्धारका लागि ड्रोन सर्भेमार्फत जानकारी सङ्कलन अन्तिम चरणमा पुगेको छ। हेलिकोप्टरमार्फत उद्धार गर्दा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकालाई प्राथमिकता दिइनेछ।
राज्यका सम्पूर्ण संयन्त्र परिचालित भएकाले धैर्य तथा संयम राखी उद्धारको प्रतीक्षा गर्न प्रधानमन्त्रीले अनुरोध गरेका छन्।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





