रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति
काठमाडौं । रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति हुनुका साथै जलविद्युत आयोजनाहरू र अन्य भौतिक संरचनाहरूमा गम्भीर क्षति पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले आज एक अत्यन्त जरुरी सूचना जारी गर्दै बाढीका कारण घर, सडक, पुल र विद्युत् आपूर्ति प्रणालीमा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो ।
बाढीका कारण सो क्षेत्रमा रहेका नेपाल विद्युत् प्राधिकरणका उत्पादन, प्रसारण र वितरणसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण आयोजनाहरू ठप्प भएका छन् । प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे, त्रिशुली ३ ‘ए’, त्रिशुली ३ ‘बी’ हब २२० के.भी. सवस्टेशन, त्रिशुली र देविघाट जलविद्युत केन्द्र एवम् विभिन्न वितरण संरचनाहरू क्षतिग्रस्त भएका छन् । ठूलो क्षतिसँगै सो क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध हुन पुगेको प्राधिकरणले जनाएको छ ।
प्राकृतिक प्रकोपका कारण प्रभावित तथा बेपत्ता भएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारण नागरिकहरूको तत्काल खोज, उद्धार, राहत तथा पुनः स्थापनाका लागि प्राधिकरणले सम्बन्धित सबै पक्षलाई प्रभावकारी रूपमा परिचालित हुन र सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





