चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक
काठमाडौं । रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक भएको छ । ‘नक्कल पारी’ बोलको गीतमा शान्तीश्री परियार र प्रशान्त शिवाकोटीको स्वर छ । प्रशान्त शिवाकोटीको संगीत रहेको गीतमा सुष्मा सिग्देलको शब्द छ ।
तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको लोक फ्लेबरको गीतमा पछिल्लो समय तीज संस्कृति धान्ने चाडभन्दा पनि देखाउने माध्यम बन्दै गएको यथार्थलाई चित्रण गरेको छ । पहिरन र गहनामा अरुको देखासिकी गर्ने खराव प्रवत्ति हाबी हुँदै गएको वास्तविकतालाई गीतले टपक्क टिपेको छ ।
अरुले जस्तो गहना र लुगा लगायो आफूले पनि ऋणधन गरेर भए पनि त्यस्तै लगाइहाल्नु पर्ने र त्यसका लागि श्रीमानलाई दिने प्रचलनलाई देखाएको गीत डान्सिङ बिटीमा छ । श्रीमानले पनि आफ्नी श्रीमतीले भनेपछि माग पूरा गरिदिने भनेर दिएको वाचा गीतमा सुन्न सकिन्छ ।
सिनेमाका मुख्य कलाकार फिचर्ड रहेको भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् । भिडियोमा दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह छमछमी नाचेका छन् ।
भिडियोमा दर्जनौँ कोरस प्रयोग गरिएको छ । निर्माणपक्षले गीत र भिडियो निर्माणनमा मेहनत गरेको देखिएको छ ।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको पनि अभिनय रहेको छ ।
चलचित्रको निर्मातामा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ छन् । यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्नेछ । ध्रुव लम्सालको पटकथा लेखन रहेको छ ।
आठ वर्षपछि रेखा थापाको निर्देशनमा कमब्याक सिनमो भदौ २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।
सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन् ।
यो चलचित्रलाई देशभरका प्रमुख वितरक कम्पनीहरू रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





