यसरी हुन्छ टेक्सास इन्टरनेशनल कलेजमा लुटको धन्दा

२०८३ असार ५ गते, शुक्रबार

रोशन ज्ञवाली
चाबहिल मित्रपार्कस्थित टेक्सास ईन्टरनेशनल कलेजमा लुटधन्दा अहिले होइन विगतदेखि चलिरहेको छ ।
भर्खरै एसइई सकिएका टेक्सास स्कुल पढ्ने विद्यार्थीहरुबाट आफ्नो ‘सोर्स फोर्स’ छ भने ‘कम्प्यूटर साइन्स मेनेजमेन्ट’ मा एकमुष्ट पैसा बुझाइयो भने जम्मा २५–३० हजारमा पढ्न पाइने व्यवस्था रहेछ । नत्र तर त्यही विद्यार्थीको हकमा कुनै सोर्सफोर्स छैन भने एकमुष्ठ ४० हजार बुझाउनु पर्ने व्यवस्था छ । के यो न्याय भयो त ?

त्यसपछि आउँछ कम्प्यूटर साइन्स पढ्ने विद्यार्थीहरुको कुरामा ‘टेक्सास स्कुलमा पढ्ने विद्यार्थीहरुलाई कम्प्यूटर साइन्समा’ विविध कोर्सहरुमा मात्र पढ्ने विद्यार्थीहरुले एकमुष्ठ बुझाए भने ५० हजार नभएर 58,००० बुझाउनु पर्ने व्यवस्था छ । त्यसमाथि पनि कलेज ड्रेसको लागि पनि त्यहीँ १० हजार बुझाउनु पर्ने रहेछ । यो कतिसम्म अन्याय हो ? के विद्यार्थीहरुले बाहिर केही किन्न नपाउने हो र ?

टेक्सास कलेजको गेट अगाडि पूरै किताब कपि किन्नेको भीड हुन्छ । किताब त अन्त पनि किन्न पाइएला/ पाइन्छ तर कपीहरु चाहिँ त्यही किन्ने अनिवार्य किन गराइयो ? यो सब कमिशनको खेल होइन र ? यस्ता क्याम्पस नेपालभरी जहाँजहाँ छन् तिनीहरुलाई कार्वाहीको दायरामा ल्याउन अति आवश्यक देखिन्छ ।

हो यसलाई भन्छन् भ्रष्टाचार र कमिशनको खेल । यसलाई राज्यले कसरी हेर्छ । जेन–जी आन्दोलनबाट त्यही विद्यार्थीहरु सहिद भए, तिनै विद्यार्थीहरु भाईबहिनीहरुले आफ्नो भविष्यलाई तिलाञ्जली दिए ? आखिर के भयो त परिवर्तन ?

यसैगरी टेक्सास स्कुल पढ्ने विद्यार्थीहरु कोही ‘बोडस’ बसे कोही बाहिर बसे । ‘बोडस’  बस्ने विद्यार्थीहरुमा पनि पूरै सोर्सफोर्स ? सोर्सफोर्स छैन भने २२, ५०० सोर्सफोर्स छ भने १८००० किन ? यस्को जवाफ कस्ले दिने ?

आदरणीय शिक्षामन्त्री सस्मित पोख्रेलज्यू यस्ता कलेजहरु नेपालमा धेरै छन् । यस्मा हजुर एकदमै निर्मम हुनै पर्छ ? यस्ता कलेज र स्कुलहरुले गरिब बुवा आमाहरुको प्राण मात्र लान बाँकी छ त्यसैले यिनीहरुलाई कार्वाहीको दायरामा जसरी पनि ल्याउनु पर्छ । एकलौटी गरेका छन् त्यसमा मेरो घोर आपत्ति छ ।

लेखकः विभिन्न साप्ताहिकमा र अनलाइनमा कलम चलाउँछन्

15 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

यसरी हुन्छ टेक्सास इन्टरनेशनल कलेजमा लुटको धन्दा

२०८३ असार ५ गते, शुक्रबार

यसरी हुन्छ टेक्सास इन्टरनेशनल कलेजमा लुटको धन्दा

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal