नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गरेका छन् । २०७२ सालमा संविधान जारी भएपछि अर्को वर्षदेखि हरेक जेठ १५ गते बजेट ल्याउन थालिएको छ । बजेट समयमा नआउने गरेकाले समस्या भएपछि संविधानमा नै मिति तोकिएको हो ।
नेपालमा प्रत्येक वर्षको बजेट प्रस्तुत गर्ने र सोहीअनुसार वार्षिक खर्च गर्ने प्रचलन धेरै लामो छैन । २००८ सालदेखि सरकारले देशको आय/व्ययको विवरण पेस गर्न सुरु गरेको हो । २००८ साल माघ २१ गते तत्कालीन अर्थमन्त्री सुवर्णसम्सेर जबराले नेपालको पहिलो बजेट ल्याएका थिए । उनले ल्याएको बजेट नै नेपालको पहिलो सरकारी हिसाबकिताबसहितको पहिलो बजेट हो । यतिबेला मातृकाप्रसाद कोइराला प्रधानमन्त्री थिए ।
‘यसअघि, मुलुकको आम्दानी र खर्चको विषय कसैलाई जानकारी थिएन भन्ने कुरा तपाईंहरूलाई विदितै छ,’ अब त देशमा प्रजातान्त्रिक सरकार गठन भएकाले देशभर के–केमा खर्च हुन्छ भन्ने जानकारी सरकारबाट पाउने हक छ प्रजातन्त्रमा । अर्थमन्त्रीको हैसियतमा आज नेपालको इतिहासमा सर्वप्रथम बजेट तपाईंहरूको सामुन्ने पेस गर्न पाउँदा आफूलाई गौरवान्वित सम्झन्छु,’ तत्कालीन अर्थमन्त्री जबराले भनेका थिए । उक्त बजेट वक्तव्यमा त्यसअघि देशको आयव्ययको खर्च राख्ने नगरेको र उपलब्ध बजेट तथ्यांक पनि ठीकठाक नभएको बताइएको थियो ।
बजेट वक्तव्यका अनुसार २००७ सालको कूल आम्दानी २ करोड ९० लाख ८१ हजार र खर्चतर्फ २ करोड ४६ लाख ८७ हजार रुपैयाँ थियो । जसमा उक्त वर्ष ४३ लाख ९४ हजार रुपैयाँ बचत थियो । नेपालको पहिलो बजेटको आकार ५ करोड २५ लाख २९ हजार रुपैयाँ थियो । त्यतिबेला राजस्व आम्दानी ३ करोड ६ लाख १९ हजार रुपैयाँ रहने अनुमान गरिएको थियो । बजेट सार्वजनिक हुँदा रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण गरिएको इतिहास उल्लेखनीय मानिन्छ । अर्थमन्त्री सुवर्ण शमशेरले …नेपालका दाजुभाइ, दिदीबहिनीÚ भन्दै भाषण सुरु गरेका थिए भने अन्त्यमा …जय नेपालÚ उच्चारण गरेका थिए । त्यो पहिलो बजेट अहिलेका जस्ता लामो र विस्तृत थिएन । ३ हजार ४ सय ८९ शब्दको बजेट भाषण अर्थमन्त्रीले झन्डै १५ मिनेटमै वाचन गरेका थिए ।
पहिलो बजेटले मुख्य रूपमा शान्ति स्थापना, प्रशासन सञ्चालन, राजस्व संकलन तथा जनजीवन सुधारलाई प्राथमिकता दिएको थियो । सडक सञ्जाल विस्तार, हवाई अड्डा निर्माण, कृषि सहायता, शिक्षा विस्तार, स्वास्थ्य सेवा र साना उद्योग प्रवद्र्धनजस्ता कार्यक्रम समेटिएका थिए । कृषि क्षेत्रका लागि २ लाख रुपैयाँ, शिक्षाका लागि ५ लाख ३६ हजार रुपैयाँ र स्वास्थ्य सेवाका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको थियो । घरेलु उद्योग प्रवद्र्धनका लागि कुल बजेटको करिब ३ प्रतिशत अर्थात् २ लाख रुपैयाँ छुट्याइएको थियो । त्यतिबेला सरकारले कृषकलाई राहत दिन मालपोतमा छुट दिने निर्णयसमेत गरेको थियो । साथै, निजामती कर्मचारीको तलब, सेनाको खर्च, निर्वाचन तथा दरबार सञ्चालनका लागि पनि बजेट विनियोजन गरिएको थियो । राजदरबारका लागि ५ लाख ८४ हजार रुपैयाँ तथा सेनाका लागि २७ लाख १२ हजार रुपैयाँ छुट्याइएको उल्लेख छ ।
अर्थमन्त्री सुवर्ण शमशेरले बजेटमार्फत जनताको जीवनस्तर उकास्ने, सामाजिक तथा सांस्कृतिक विकासलाई अगाडि बढाउने र आर्थिक असमानता कम गर्ने लक्ष्य प्रस्तुत गरेका थिए । उनले मुलुकको सम्पत्ति वृद्धि गर्दै धनी–गरिबबीचको दूरी क्रमशः घटाउनुपर्ने धारणा राखेका थिए । त्यसपछि पनि प्रत्येक वर्षजस्तो बजेट आउने गरेको छ, बजेटले धनी र गरिबीचको खाडल कम गर्ने भन्दै आए पनि कार्यान्वयन कस्तो भयो भन्ने प्रश्न उठ्ने गरेको छ । त्यतिबलेलाको बजेटले मिश्रित आर्थिक नीतिलाई प्राथमिकता दिएको देखिन्छ, जहाँ निजी उद्योग तथा व्यापारलाई पनि प्रोत्साहन गर्ने उल्लेख गरिएको थियो ।
त्यसबेला नेपालसँग दक्ष जनशक्ति र प्राविधिक स्रोतको अभाव रहेको उल्लेख गर्दै सरकारले विदेशी सहायता र प्राविधिक सहयोग स्वीकार गर्ने नीति पनि अघि सारेको थियो । भारत तथा अन्य मुलुकबाट तालिमप्राप्त जनशक्ति ल्याउने प्रयास भइरहेको र अन्तर्राष्ट्रिय सहायता कार्यक्रमबाट लाभ लिन खोजिएको बजेट वक्तव्यमा उल्लेख गरिएको थियो ।

24 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal