दीपेन्द्र खड्काको नयाँ लोकदोहोरी गीत ”गुन भुल्ने मायालाई” सार्वजनिक 

२०८३ जेष्ठ १५ गते, शुक्रबार

काठमाडौं | नेपाली लोकदोहोरी संगीत क्षेत्रमा सक्रिय रहँदै आएको Aaira Digital ले नयाँ लोकदोहोरी गीत “गुन भुल्ने मायालाई” सार्वजनिक गरेको छ।

यस गीतमा चर्चित गायक नेत्र भण्डारी र गायिका अस्मिता डल्लाकोटीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द तथा संगीत कृष्ण लामिछानेले तयार गरेका हुन्। गीतको भिडियो निर्देशन मुकेश नेपालीले गरेका छन् भने भिडियोमा कलाकार दीपेन्द्र खड्का र रचना न्यौपानेको आकर्षक अभिनय देख्न सकिन्छ।

उनीहरूको प्रस्तुतिले गीतप्रति दर्शकको उत्सुकता थप बढाएको छ। त्यस्तै, गीतको एरेन्ज महेन्द्र भण्डारी, रेकर्डिस्ट सागर बजुराली, मिक्स/मास्टर खडक बजुराली तथा छायांकन करण चैसिरले गरेका छन्। भिडियो सम्पादन बिनोद बमले गरेका हुन्। लोकदोहोरी प्रेमीहरूका लागि नयाँ स्वाद बोकेको यो गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

18 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

दीपेन्द्र खड्काको नयाँ लोकदोहोरी गीत ”गुन भुल्ने मायालाई” सार्वजनिक 

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज १९औँ गणतन्त्र दिवस, भव्यरुपले मनाइँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज बजेट सार्वजनिक हुँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

२०८३ जेष्ठ १३ गते, बुधबार

‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

२०८३ जेष्ठ १३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal