१५ गते राजधानीमा थारु संस्कृतिको ‘घोंघी सांस्कृतिक साँझ २०८३’

२०८३ जेष्ठ १० गते, आईतवार

काठमाडौँ । “हाम्रो संस्कृति, हाम्रो पहिचान, संस्कृतिको संरक्षण, हाम्रो अभियान” भन्ने मूल नारासहित राजधानीमा ‘घोंघी सांस्कृतिक साँझ २०८३’ आयोजना हुने भएको छ ।

थारु कला, संस्कृति र सङ्गीतलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यसहित घोंघी स्टेशन प्रा. लि. ले आगामी जेठ १५ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

थारु समुदायको मौलिक संस्कृति, सङ्गीत र परम्परागत प्रस्तुतिलाई एउटै मञ्चमा उतार्ने लक्ष्य राखिएको यस कार्यक्रममा थारु साङ्गीतिक क्षेत्रका स्थापित तथा उदयमान कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा गायक तथा मोडल राज कुस्मी, गायक नरेश जोगी, गायिका तथा मोडल अन्जु कुस्मी, गायिका सोनु कुस्मी, गायक एवं सङ्गीतकार गणेश चौधरी, गायिका समीक्षा चौधरी, गायक विजय चौधरी र विकास चौधरीले आफ्ना चर्चित साङ्गीतिक प्रस्तुति दिनेछन् ।

त्यसैगरी, मोडलहरू रोनी चौधरी, दीपिका कुस्मी, सरोज सुनार, कविता चौधरी भट्टराई तथा डान्सर सुमिना चौधरीको नृत्य कार्यक्रमको अर्को आकर्षण बन्नेछ । गायक अनुप मगरले कार्यक्रमको उद्घोषणसँगै साङ्गीतिक प्रस्तुति पनि दिनेछन् ।

जेठ १५ गते दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यक्रमको ‘टाइटल स्पोन्सर’ मा ‘चौधरी दाइको’ रहेको छ भने ‘चौधरी सेकुवा’ प्रायोजकका रूपमा रहेको छ । कार्यक्रमलाई सफल बनाउन जीए म्युजिक र आर प्रोडक्सन एण्ड इन्टरटेनमेन्टले पनि सहकार्य गरिरहेका छन् ।

राजधानीको व्यस्त जीवनशैलीबीच आयोजना हुन लागेको यो सांस्कृतिक साँझ केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र होइन, थारु समुदायको पहिचान, परम्परा र सांस्कृतिक अस्तित्वलाई उजागर गर्ने साझा उत्सवका रूपमा हेरिएको छ ।

विशेष गरी काठमाडौँमा बसोबास गरिरहेका थारु समुदाय तथा नेपाली कला–संस्कृति प्रेमीहरूका लागि यो कार्यक्रम आफ्नै मौलिकताको नजिक पुग्ने अवसर बन्ने विश्वास आयोजक घोंघी स्टेसन प्रा। लि। ले लिएको छ । थारु खानपान र संस्कृतिको प्रवर्द्धनमा सक्रिय ‘घोंघी स्टेसन’ ले यस्ता सांस्कृतिक अभियानमार्फत समुदायलाई जोड्ने प्रयास गर्दै आएको छ ।

39 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal