सरकारद्वारा दलीय विद्यार्थी सङ्गठन हटाउने घोषणा

२०८२ चैत्र १५ गते, आईतवार

काठमाडौँ । शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट पूर्ण रूपमा मुक्त राख्न विद्यालय र विश्वविद्यालयका हाताभित्र रहेका दलीय विद्यार्थी सङ्गठनका संरचनाहरू हटाउने सरकारले घोषणा गरेको छ।

सरकारले ‘शासकीय सुधारको १०० बुँदे कार्यसूची’ मार्फत शैक्षिक संस्थामा हुने राजनीतिक हस्तक्षेप अन्त्य गरी विद्यार्थीको वास्तविक आवाजलाई स्थान दिने उद्देश्यका साथ यस्तो घोषणा गरेको बताइएको छ । सरकारको यो योजनाअनुसार अबको ६० दिनभित्र शिक्षण संस्थाहरूबाट दलीय आधारमा बनेका सङ्गठनका संरचनाहरू हटाइनेछ। अब विद्यार्थीको हकहित र भावनालाई सही ढङ्गले प्रतिनिधित्व गराउन आगामी ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता संयन्त्रहरूको विकास गरिने सरकारले जनाएको छ।

यसैगरी, शिक्षा क्षेत्रको समग्र सुधारका लागि सरकारले स्नातक तहसम्मको अध्ययनमा नागरिकताको अनिवार्यता हटाउने, विश्वविद्यालयका परीक्षाहरूको नतिजा मन्त्रालयले तोकेको क्यालेन्डरअनुसार समयमै सार्वजनिक गर्ने र आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका आन्तरिक परीक्षाहरू बन्द गरी वैकल्पिक मूल्याङ्कन प्रणाली लागू गर्ने जस्ता रणनीतिक योजनाहरू समेत एकसाथ अघि सारेको छ।

24 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal