इक्यानको सचिवको उम्मेदवार कार्कीका यस्ता छन् एजेण्डा
काठमाडौं, । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का वर्तमान कोषाध्यक्ष आसिक कार्कीले आगामी कार्यसमितिका लागि सचिवमा उम्मेदवारी दिएका छन् । उनलाई इक्यानको आगामी सचिवको बलियो र सशक्त दाबेदारका रूपमा हेरिएको छ ।
निर्वाचनले दुइजना सचिव चयन गर्ने छ । इक्यानको निर्वाचनसँगै साधारणसभा पनि पौष २८ गते काठमाडौंमा हुँदैछ । निर्वाचनले ९ पदाधिकारी र ९ सदस्य गरी १८ जनाको कार्यसमिति दुई वर्षका लागि चयन गर्ने छ । ‘मैले कोषाध्यक्ष हुँदा जे–जे गर्छु भनेको थिएँ, ती वाचा पूरा गरें, अब सचिवको भूमिकामा रहँदा थप काम गरेर देखाउँछु’ उनी भन्छन् ‘म सबैको सल्लाहमा नै सचिवको उम्मेदवार भएको हुँ, इक्यान र समग्र शैक्षिक परामर्श व्यावसायीको लागि के–के गर्न सकिन्छ भनेर खाका बनाइसकेको छु ।’ उनी कार्यसमिति सदस्य हुँदै कोषाध्यक्ष हुन पुगेका हुन् ।
उनको कोषाध्यक्षको भूमिकामा कसैले प्रश्न उठाएका छैनन् । ‘मैले संस्थाको अहितमा हुने कुनै काम गरेको छैन, जति गर्न सके त्यो संस्थाको हितमा नै गरें’ उनले भने ‘अहिलेसम्म मेरो निस्कलंक छवि नै मेरो निर्वाचन जित्ने आधार हो ।’ जिम्मेवारी बढ्दै गएपछि उनले इक्यानमा आफ्नो भूमिका पनि बढाउने प्रतिबद्धता जनाएका छन् । इक्यानको आर्थिक कोषलाई पारदर्शि बनाएको र प्रभावकारी रूपमा परिचालन गरेको तथा व्यवस्थापनमा सफल भएको भनेर व्यावसायीले चर्चा गर्दै आएका छन् । गत निर्वाचनमा कोषाध्यक्षको उम्मेदवार हुँदा अघि सारेका अधिकांश एजेन्डा र कार्ययोजना निर्वाचित भएपछि कार्यान्वयन गरेको कार्कीले बताएका छन् । ‘मैले गरेको बाचा र बोकेको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा कतै प्रश्न उठ्ने ठाउँ दिएको छैन,’ उनले भने, ‘कोषको आम्दानी बढाउने, अनावश्यक खर्च कटौती गर्ने र व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि संस्थागत पहल गर्नु नै मेरो मुख्य जिम्मेवारी थियो, त्यो मैले पूरा गरेको छु ।’
कार्कीले कोषाध्यक्षसँगै इक्यानको मिडिया विभाग संयोजकको जिम्मेवारी पनि प्रभावकारी रूपमा निर्वाह गर्दै आएका छन् । उनकै पहलमा करसम्बन्धी देशव्यापी तालिम तथा गोष्ठी सञ्चालन गरी व्यवसायीहरूलाई करसम्बन्धी सही जानकारी प्रदान गरिएको थियो । काठमाडौँ धाउनुपर्ने बाध्यता हटाउँदै ओडीएमबी सेवामार्फत जापान, युके र अस्ट्रेलियाको बायोमेट्रिक सेवा मोफसलबाटै उपलब्ध गराउने व्यवस्था आफ्नै पहलमा गरिएको र त्यसले व्यवसायीहरूको समय र खर्च दुवै बचत भएको उनको भनाई छ । यसैगरी बैंकहरूसँग समन्वय गरी विनाधितो १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था, स्ट्यान्डर्ड चार्टर्ड र सिटिजन्स बैंकसँगको सहकार्यमा क्युआर तथा फोन पेमार्फत क्रेडिट सेवा सहजीकरण गर्ने काम पनि उनको कार्यकालका महत्वपूर्ण उपलब्धिहरूमा पर्दछन् ।
कोभिड–१९ पछि रोकिएका ४ हजार एक सय जापान भिसा आवेदनको समस्या समाधान गर्नुका साथै पिटिई परीक्षाको मिति सहज रूपमा उपलब्ध हुने अवस्था सिर्जना गर्न पनि उनको भूमिका उल्लेखनीय रहेको छ । इक्यानका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक पर्दा कोष कलेक्सनमा विशेष योगदान दिएका कार्कीले कतिपय अवस्थामा आफ्नै कम्पनीबाट प्रायोजन गरेर समेत कार्यक्रम सफल बनाएका छन् । शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, सशक्त र सम्मानित बनाउने अभियानमा लामो समयदेखि सक्रिय कार्कीले अब सचिवको जिम्मेवारी लिएर संस्थागत सुदृढीकरण र प्रशासनिक सुधारमा अझ प्रभावकारी भूमिका खेल्ने बताएका छन् । कार्कीले आगामी जिम्मेवारीका लागि सम्पूर्ण इक्यान सदस्यहरूसँग साथ, सहयोग र अमूल्य मतको आग्रह गरेका छन् ।
ताजा
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबार
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ चैत्र २५ गते, बुधबार
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न
२०८२ चैत्र २३ गते, सोमबार
नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ
२०८२ चैत्र २२ गते, आईतवार
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८२ चैत्र २२ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





