विध्यसागर इङलिस बोर्डिङ स्कुलको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

२०८२ पुष २८ गते, सोमबार

काठमाडौं । गोकर्णेश्वर नगरपालिकास्थित विध्यसागर इङलिस बोर्डिङ स्कुलले अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. गणेश बहादुर गरुङको सभापतित्वमा शनिबार सम्पन्न कार्यक्रमका बक्ताहरुले विद्यार्थीहरुको सर्बाङ्गिण बिकासका लागि विद्यालयले खेलेको भूमिकाको मुक्त कण्ठले प्रशंसा गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि गाेकर्णेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष नारायण बहादुर सुवेदीले विद्यालयहरुले समय सापेक्ष रूपमा आफुलाई रुपान्तरण गर्दै लानु पर्ने धारणा व्यक्त गर्दै विद्यासागर बोर्डिङ स्कुलले सिर्जनात्मक तथा प्रविधिमैत्री सिकाईमा जोड दिएर विद्यार्थीहरुलाई त्यसै अनुसार शिक्षा प्रदान गर्दै आएको बताए।

विद्यालयका प्रिन्सिपल पाेष्टहरि बरालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि सुवेदी,विद्यालयका कार्यकारी निर्देशक महेन्द्र कुमार जाेशी,विद्यालय व्यवस्थापन समिति अध्यक्ष माेहन प्रसाद पाेखरेल लगायतले उत्कृष्ट अभिभावक तथा शिक्षकहरुलाइ सम्मान गर्नुका साथै सम्पुर्ण अतिथिहरुलाइ मायाकाे चिनाे प्रदान गरेका थिए। कार्यक्रमकाे मुख्य आकर्षणको रूपमा रहेका नेपाल आइडल सिंङ्गिङ कन्टेस्ट सिजन ६ का विजेता गायिका गंगा साेनाम तथा गायक तथा माेडेल दिपेन्द्र साेनामले गाएका सुमधुर गीतले उपस्थित अतिथि र अभिभावकहरुलाई भरपुर मनाेरन्जन प्रदान गरेका थिए।

94 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal