’टिकटक’ ले उदांगिँदै गोपनीयता

२०७७ मंसिर ३० गते, मंगलवार

काठमाडौं । नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको छ।
ब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अपराधमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ। सरकारले सामाजिक सञ्जाल र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ। एसपी रायले टिकटकबाटै गोपनीयता भंगमात्र होइन, ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए। उनले कोहीप्रति प्रतिशोध राखी वा जानाजान चारित्रिक ठेस पु¥याउनेलाई प्रहरीले कारबाही गरेको जानकारी दिए। ‘जानेर वा नजानेर प्रयोगकर्ताले यसको दुरूपयोग गरेका छन्,’ उनले भने, ‘बाटोमै पनि अभद्र व्यवहार गर्ने, रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्र हत्या गर्ने, गोप्य कुराको खुलासा गरिदिने, टिकटक बनाउनकै लागि अनावश्यक उटपट्याङ गर्नेजस्ता गलत प्रयोग भएको तथ्य हामीले फेला पारेका छौं।’
टिकटकबाटै हिंसा भइरहेको भन्दै ब्युरोमा उजुरी दिन पुग्ने महिलाको संख्या पनि बढेको छ। सामाजिक सञ्जालको जन्जालमा फस्दा केही व्यक्तिलाई आर्थिक, सामाजिक र व्यक्तिगत रूपमा चोट पुग्ने गरेको छ। सामाजिक सञ्जालबाट ठगिएकाबाट एक सातामा ५० वटाको हाराहारीमा उजुरी ब्युरोमा दर्ता हुन्छन्। उजुरीका आधारमा प्रहरीले कारबाही प्रक्रिया अघि बढाउने तथा व्यक्तिको आइडी ब्लक गरिदिनेजस्ता उपचार गर्दै आएको छ।
एसपी रायका अनुसार सरकारी कर्मचारीले समेत कार्यालयमा काम गर्दैगर्दा टिकटक बनाउने प्रवृत्ति बढेको छ। प्रयोगकर्ताले लामो भिडियो वा अडियोलाई इडिट तथा ‘कट’ गरी टिकटकमा अपलोड गर्छन्। कतिपयले एकथरी भिडियोमा अर्को अडियो प्रयोग गर्ने गरेको प्रहरीको निष्कर्ष छ। ड्युटीमै अनाश्यक भिडियो बनाएको जानकारीका आधारमा १० जनाभन्दा बढी प्रहरी कर्मचारीलाई कारबाही गरेको ब्युरोले जनाएको छ। त्यस्तै नेपाली सेनाले पनि पोसाकको दुरूपयोग नगर्न लिखित निर्देशन दिइसकेको छ। यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

297 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal