फागुन २१ गते चुनाव हुने वातावारण बन्दै गएको प्रचण्डको दाबी
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते चुनाव हुने वातावारण बन्दै गएको दाबी गरेका छन्।
आइतबार गण्डकी प्रदेशको पार्टी एकता सन्देशसभालाई पोखरामा सम्बोधन गर्दै फागुन २१ चुनाव नहुने हो कि भन्ने दुविधा राख्न नहुने बताएका हुन्।
‘अब दुविधामा बस्न जरुरी छैन। चुनाव फागुन २१ गते हुन्छ, हुनै पर्छ। हाम्रो यो एकता सन्देश सभा देशभरि अब विराटनगरदेखि सुर्खेतसम्म पुग्दाँसम्म र सबै प्रदेश र जिल्लामा पुग्दाँसम्म चुनावी माहोल नेपाली कम्युनिस्ट पार्टीले देशभरि पैदा गरिसक्छ, दाहालले अगाडि भने, ‘छिमेकीहरूको कुरा बुझ्दा पनि उनीहरू पनि नेपालमा चुनाव होस् नै भन्ने चाहेको हुनाले अब हामीले दुविधामा बस्न जरुरी छैन।’
दाहालले चुनावी वातावरण बनाउन सरकारलाई पनि आग्रह गरे। सबैभन्दा सहकार्य गरेर चुनावी वातावरण बनाउन लाग्नु पर्ने भए पनि प्रधानमन्त्री सुशीला कार्कीमा गम्भीरता देखाउन आग्रह गरे।
उनले भने, ‘हामी खाली सरकारलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित रूपमा, शान्तिपूर्ण वातावरणमा चुनावको वातावरण बनाऊ भन्न चाहन्छौँ। सरकारले फलानो नेता भेट्छु, फलानो नेता भेट्दिनँ। जसको सबैभन्दा बढी जनआधार छ, तिनिहरूलाई भेट्दिनँ, जसको केही पनि छैन तिनिहरूसँग मात्रै भेट्छुु भनेर बस्यो भने सरकार चुनावप्रति गम्भीर भएको देखिने छैन।’ उनले आफू र माधव नेपालले नै भदौ २७ गते प्रधानमन्त्री बनाएको नभुल्न कार्कीलाई आग्रह गरे।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





