फागुन २१ गते चुनाव हुने वातावारण बन्दै गएको प्रचण्डको दाबी

२०८२ मंसिर १४ गते, आईतवार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते चुनाव हुने वातावारण बन्दै गएको दाबी गरेका छन्।

आइतबार गण्डकी प्रदेशको पार्टी एकता सन्देशसभालाई पोखरामा सम्बोधन गर्दै फागुन २१ चुनाव नहुने हो कि भन्ने दुविधा राख्न नहुने बताएका हुन्।

‘अब दुविधामा बस्न जरुरी छैन। चुनाव फागुन २१ गते हुन्छ, हुनै पर्छ। हाम्रो यो एकता सन्देश सभा देशभरि अब विराटनगरदेखि सुर्खेतसम्म पुग्दाँसम्म र सबै प्रदेश र जिल्लामा पुग्दाँसम्म चुनावी माहोल नेपाली कम्युनिस्ट पार्टीले देशभरि पैदा गरिसक्छ, दाहालले अगाडि भने, ‘छिमेकीहरूको कुरा बुझ्दा पनि उनीहरू पनि नेपालमा चुनाव होस् नै भन्ने चाहेको हुनाले अब हामीले दुविधामा बस्न जरुरी छैन।’

दाहालले चुनावी वातावरण बनाउन सरकारलाई पनि आग्रह गरे। सबैभन्दा सहकार्य गरेर चुनावी वातावरण बनाउन लाग्नु पर्ने भए पनि प्रधानमन्त्री सुशीला कार्कीमा गम्भीरता देखाउन आग्रह गरे।

उनले भने, ‘हामी खाली सरकारलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित रूपमा, शान्तिपूर्ण वातावरणमा चुनावको वातावरण बनाऊ भन्न चाहन्छौँ। सरकारले फलानो नेता भेट्छु, फलानो नेता भेट्दिनँ। जसको सबैभन्दा बढी जनआधार छ, तिनिहरूलाई भेट्दिनँ, जसको केही पनि छैन तिनिहरूसँग मात्रै भेट्छुु भनेर बस्यो भने सरकार चुनावप्रति गम्भीर भएको देखिने छैन।’ उनले आफू र माधव नेपालले नै भदौ २७ गते प्रधानमन्त्री बनाएको नभुल्न कार्कीलाई आग्रह गरे।

92 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal