कला क्षेत्रमा लाग्दा ठूलो साधना चाहिन्छ-मिस पवि

२०८२ श्रावण ९ गते, शुक्रबार

पवित्रा शंकी (मिस पवि)को जन्म सुदूरपश्चिम डढेधुरामा ६ कार्तिक २०५६ मा बुबा टिकेश्वरी शंकी र आमा रवी शंकीकाे काेखमा भएको हाे ।
सानैदेखि गीत संगीतमा रुचि र सपना बाेकेकी बताउने मिस पवि आफ्नाे परिवारबाट यस क्षेत्रमा काेही पनि नभए पनि आफूले टिकटकबाट राम्रो अवसर पाई यस क्षेत्रमा आउन सजिलो भएको बताउँछिन् । सबैको आ-आफ्नाे विचार हुन्छ तर गीत संगीत क्षेत्र भनेको एउटा कामकाे रुप लिने, हरेकले आफ्नाे काम गरिरहेकाे हुन्छ त्यसैले आफूले यस क्षेत्रमा काम गरिरहेकी बताउदै जन्मपछिकाे कामकाे रुपमा लिएकी बताउँछिन् मिस पवि ।


शुरुमा टिकटक भिडियोबाट यस क्षेत्रमा लागेकी मिस पविकाे टिकटक भिडियो सुदूरपश्चिमेली भाषा थियाे । त्यसपछि उनीलाई सुनिल गिरीकाे स्वर रहेकाे “जुम्ला” बाेलकाे गीतमा भिडियो खेल्ने माैका मिलेकाे बताउँछिन् उनी । त्यसपछि मिस पविले गायक सुनिल गिरीकाे धेरै गीतमा खेल्ने मिल्याे । साथै हाल कमेडी दरबारकाे रियालिटी साेमा पनि एक कलाकारकाे रुपमा गर्दै आएकी छिन् ।
कला/गीत/संगीत/अभिनय क्षेत्रमा लाग्नेहरुकाे जीविका निर्वाह सम्बन्धित क्षेत्रबाटै भएको हाेला त ? भन्ने हाम्रो प्रश्नमा मिस पविले आफ्नाे जिवीका निर्वाह भईरहेकाेले जाे काेही पनि कुनै पनि क्षेत्रमा लागेर काम गर्न सकेमा जिविका चलाउन र चर्चा आउन त्यति गाह्रो नभएको बताउँछिन् । आफ्नाे काममा दत्तचित्त भएर लगाव लगाउन सक्नुपर्ने बताउँछिन् मिस पवि ।


कला/गीत/संगीत/अभिनय क्षेत्रलाई राज्यपक्षबाट के कस्तो सहयोग भईरहेकाे छ र के हुनुपर्थ्याे जस्ताे लाग्छ ? भन्ने थप प्रश्नमा राज्यबाट त्यस्ताे समर्थन नपाएको बताउदै राज्यले एउटा कलाकारलाई साथ र समर्थन गर्नुपर्छ तर गरेकाे छैन भन्ने बिचार राख्छिन् उनी । यस क्षेत्रमा प्राइभेट (व्यक्तिगत क्षेत्र) मात्रै लागिपरेको देखिएकाेले सरकारले पनि अझै साथ, समर्थन र माैका दिएमा यस क्षेत्र अझै अगाडि बढ्ने बिचार राख्छिन् मिस पवि ।

मिस पविले अहिलेसम्म अभिनय गरेका गीतहरुमा “जुम्ला”, “जुम्ला-२(कर्णाली)”, “लजाउने मैच्याङ्नी (बसाई काहाे तम्राे)”, “कर्णाली पारी”, “कनारसकाे साडी”, “छमकली छमछम”, “नाउली हदेली”, “कपालै काेरी”, “सँगसँगै जुनी काटाैला”, “साली”, “माया र माेह के लाग्याे हाेला चरी लै”, “आहा कति राम्री”, “तमी र म”, “थाहै भएन”, “लैजा परान”, “तिम्रो मन”, “रतन चडी अैजु”, “छाती किन पाेल्छ”, “कर्ली केस”, “तिमी रैछाै बैगुनी” र “बाचुन्जेल” लगायत दुई दर्जनभन्दा बढी गीतमा अभिनय गरिसकेकी छिन् मिस पविले ।
याे मिस पविकाे म्युजिक भिडियोहरु हाे अन्य भिडियोहरु छन्, छन् त तर हालकाे लागि प्रत्येक शुक्रबार प्राइम टेलिभिजनमा कमेडी दरबार आउने भने युटुबमा ओसार रियालिटीबाट आउँछ ।

कला/गीत/संगीत/अभिनय क्षेत्रमा अब आउन चाहने नयाँ पुस्तालाई आउनु स्वागत छ, आउँदा काम गर्न सकेमा परिवारदेखि हरेक क्षेत्रबाट साथ, सपाेर्ट र पाउने छ तर यस क्षेत्रमा ठूलो मिहेनत र साधना चाहिने बताउँछिन् मिस पवि ।

112 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal