सागर ढकाल रास्वपाबाट रूपन्देही–३ मा उपनिर्वाचन लड्ने !

२०८२ असार १८ गते, बुधबार

काठमाडौं । ०७९ को निर्वाचनमा शेरबहादुर देउवासँग निर्वाचन लडेर चर्चामा आएको सागर ढकाल आगामी कार्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाच्नमा लड्ने तयारीमा जुटेका छन् ।
उनी यतिवेला रास्वपाका नेताहरुसँग नियमित सम्पर्कमा छन् । ढकाल आँफैले अब हुने रुपन्देहीको उपनिर्वाचनमा उम्मेद्वार बन्ने संकेत गरेका छन् । हिजो उनले रास्वपाका नेताहरुसँग भेटेको तस्विरसमेत सार्वजनिक गरेका छन् । डडेलधुरामा उनी स्वतन्त्र उम्मेदवार थिए । उनले १३ हजार ४२ मत पाएका थिए । देउवाले भने भने २५ हजार ५ सय ३४ मत प्राप्त गरेका थिए । उनीहरुबीच १२ हजारको मतान्तर थियो ।

अहिले रुपन्देही–३ मा उपनिर्वाचनको मिति तोकिएसँगै ढकालले सोही क्षेत्रबाट आफूले प्रतिष्पर्धा गर्ने संकेत गरेका छन् । उनले रुपन्देही ३ मा नेपालको इतिहास रच्न तयार हुनुहुन्छ भन्दै जनतालाई प्रश्न गरेका छन् । रास्वपाले भने उनलाई टिकट दिने वा नदिने भन्नेबारे अहिलेसम्म केही खुलासा गरेको छैन । रास्वपाका सभापति रवि लामिछाने यतिवेला हिरासतमा छन् ।

ढकालले टिकट पाउने वा नपाउने भन्ने विषय लामिछानेसँग उनीनिकट नेताहरुले गर्ने सल्लाहपछि लिईने निर्णयमा भर पर्छ । रुपन्देही–३ को उपनिर्वाचनमा कांग्रेस र एमालेले हेभिवेट उठाउने तयारी गरेका छन् । कांग्रेसले पूर्व गृहमन्त्री बालकृष्ण खाँण र एमालेले खिमलाल भट्टराईलाई टिकट दिने चर्चा छ । यद्धपी कांग्रेस र एमाले दुवै दलका नेतृत्व अहिलेसम्म कसलाई अघि बढाउने भन्ने विषयमा निर्णयमा पुगेका छैनन् । सागर ढकालले भने अहिलेदेखि नै रुपन्देहीमा ६२ हजार मत ल्याएर इतिहास रच्नुपर्ने भनेका छन् ।

उनले फेशबुकमा लेखेका छन्
पन्देही ३ – नेपालको इतिहास रच्न तयार हुनुहुन्छ ? चितवन २ मा रविको ५४,१७६ र काठमाडौँमा बालेनको ६१,७६७ मत। अब रुपन्देही ३ मा करिब ९०,००० मत छन् त्यसमा तपाइ हामीले ६२,००० मत पार गर्नुपर्छ र नेपालको इतिहास रच्नुपर्छ। काँग्रेस एमाले मावोवादि एउटै हुन् यिनको राणा शासनको अन्त्य ८४ मा गर्नको लागि सुरुवात यहाँबाट गर्नुपर्छ। जनतालाई झोले र पार्टीका कार्यकर्ता बाहेक केही नसोच्ने यो ३ पार्टीको घेरा बेजोडले तहस नहस हुने गरी तोड्नु पर्छ। यो रुपन्देही ३ को एक तिरले ३ पार्टीहरूलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनु पर्छ। यो चुनाव जनता भर्सेस राणा शासन हो। दुई तिहाइ सरकारलाई नारायणगढ बुटवल सडक खण्डमा हामीमाथि गरेको अत्याचार पोख्ने बाटो हो। झोले अदालतलाई नेपाली अदालत बनाउने बाटो हो। कुलमानको बत्ती निभाउने राक्षसहरूको अन्त्य गरेर नेपाली जनताको अनुहारमा आशा र उज्यालो छर्ने दिन हो। जसरि गएको चुनावमा पुरै नया अनुहारहरु स्थापित गरिदिनु भयो अब फेरि पालो आएको छ। रुपन्देही ३ का मेरो प्यारो जनता यो हजुरको क्षेत्रको मात्र चुनाव होइन देशको चुनाव हो र देशको पिडा, आशु र आवाज बोल्न तयार भएर बस्नुहोला। नेपाली जनताले जित्ने मात्र होइन सफा चट् क्लिन स्विप गर्ने हो, सफा चट्।

112 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal