गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

२०८२ जेष्ठ २ गते, शुक्रबार

काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ अर्पण गरिएको छ । काठमाडौंको कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्समा बुधबार एक विशेष समारोहबीच भव्य एवं सभ्य रूपमा सम्पन्न भएको प्रिज्मा डी।सिने अवार्ड १६औं संस्करणमा अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ अर्पण गरिएको हो ।

समारोहका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी र अन्य अतिथिहरूले उहाँलाई विगत दुई दशकदेखि नेपाली चलचित्रका क्षेत्रमा पत्रकारितामार्फत पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान पत्र, खादा, माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

‘दुई दशकभन्दा लामो समयदेखि चलचित्र पत्रकारिताको माध्यमबाट यहाँले पत्रकारिता पेशामा पु¥याउनु भएको योगदान अतुलनीय छ । साथै चलचित्र पत्रकारितामा यहाँले देखाउनु भएको सक्रियता र निरन्तरता प्रसंशनीय छ । आगामी दिनमा पनि निरन्तर चलचित्र पत्रकारिताको अपेक्षासहित तपाईंको योगदानको कदर स्वरूप १६औं प्रिज्मा डी।सिने अवार्डका अवसरमा रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ’, सम्मान पत्रमा भनिएको छ ।

मिलाप फाउण्डेशनकी अध्यक्षसमेत रहनुभएकी अधिकारीका एक दर्जन जति गीत श्रोतारदर्शकमाझ आएका छन् भने ‘मैले पढेका ५२ पुस्तक’ र ‘मेरा कलम डोबहरू’ जस्ता कृति पाठकमाझ आएका छन् । मिलाप मासिक र अनलाइनकी कार्यकारीसमेत रहनुभएकी अधिकारीका राजधानी र मोफसल दैनिक पत्रपत्रिकाहरूमा समसामायिक विषय, महिला हिंसाका साथै विभिन्न साहित्यिक लेख रचनाहरू प्रकाशित भइरहेका हुन्छन् ।

पत्रकारिताका अलावा विभिन्न विज्ञापन, तथा चलचित्रका पर्दामा पनि देखिने गीत साहित्य लेखन, रङ्गकर्म एवम् सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आउनुभएको छ ।
प्रिज्मा डी.सिने अवार्ड समारोहमा कला क्षेत्रका अन्य विशिष्ठ व्यक्तित्वहरूलाई उहाँहरूले यस क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान एवं पुरस्कार अर्पण गरिएको थियो । यस्तै चलचित्रका विभिन्न २१ विधाका स्रष्टा सर्जकलाई अवार्ड प्रदान गरिएको थियो । समारोहमा विशिष्ठ कलाकार, समाजसेवी, सञ्चारकर्मीलगायत व्यक्तित्वको उपस्थिति थियो ।

133 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal