टेलिफिल्म पिरैपिर, सम्बन्ध र माइतीघर दर्शकमाझ

२०८१ चैत्र २२ गते, शुक्रबार

काठमाडौ । ठुलो पर्दाको चलचित्र मोस्ट वान्टेड,जस्ट फर यु, किँंङ, कालोबाज निर्माण रामभक्त श्रेष्ठको लेखन तथा निर्देशन रहेको दुइटा सिरियल ‘घर संसार’ र सम्बन्ध दर्शकमाझ आएको छ । ठुलो पर्दासँगै निर्माता निर्देशक रामभक्त श्रेष्ठ पछिल्लो डिजिटल दर्शकहरुलाइ टार्गेट गर्दै विभिन्न टिलिफिल्महरुको निर्माणमा जुटेका छन् । शहरमात्र होइन गाउँघर पाखा पखेराले चिनेको, हरेक दिन दुखियाहरूको आफ्नै कथा व्यथा बोलिदिने मनोरञ्जनसँगै सामाजिक सन्देशमूल सिरियल ‘घर संसार’ बिहीबारदेखि कान्ति भैरब मिडिया युट्युब च्यानलमार्फत प्रसारणमा आएको हो । यो सिरियल प्रत्येक बिहीबार साँझ प्रसारण हुनेछ ।
तीन दशकदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील निर्माता, निर्देशक श्रेष्ठको लेखन तथा निर्देशन रहेको यो सिरियलमा मञ्जु श्रेष्ठ, रामभक्त श्रेष्ठ, शिवन श्रेष्ठ, रवि खड्का, दीपक खड्गी, विक्रम दोङ, नियुक्ती शेर्पा, सुनिता थापा, सुश्मिता बुढाथाकी, सुपा खनाल, सत्य श्रेष्ठ, श्याम श्रेष्ठ, कुमार श्रेष्ठ, कृष्ण श्रेष्ठलगायतको अभिनय छ । प्रज्वल राउत ‘गोकुल’को छायांकन, विक्रम दोङको निर्माण, विवेक दोङको टाइटल गीत रहकोछ । उनको अर्को टेलिफिल्म सम्बन्ध पनि पारिवारिक सामाजिक टेलिफिल्म हो । यो सिरियल पनि कान्ति भैवरब युटुव च्यानलमा नियमित प्रशारण हुँदै आएको छ ।

त्यसैगरी बजारमा टेलिफिल्म माइतिघरले बिगत चार महिनादेखी आफ्नो निरन्तर प्रशारण जारी राखेको छ । सामाजिक नारी बेदनाको सेरोफेरोमा निर्देशक सुरेन्द्र सिंह थापाले निर्देशन गरेको यो सिरियल अहिले विशेष गरि महिला दर्शकमाझ लोकप्रिय बन्दै गइरहेको छ ।

आफ्नै कम्पनीको माइतिघर युटुव च्यानलमा हरेक शुक्रबार बेलुका ८ बजेदेखी प्रशारण भैरहेको माइतिघर टेलिफिल्मले अहिलेसम्म १३ भाग प्रशारण पार गर्दा दर्शकको सकारात्मक मायाले निर्माता नबराज अधिकारी र इस्वरी प्रसाद अधिकारीले खुसी प्रकट गरेका छन् । चल्तीको कलाकार सितल केसी, सपना श्रेष्ठले टाइटल लिड गरेको माइतीघरमा नवराज अधिकारी र इश्वरी प्रसाद अधिकारीले विशेष भुमिका निर्वाह गरेका छन् । बद्री पुडासैनी, जानुका बिश्वकर्मा, बिद्या भट्टराई , शिव शर्मा, करिश्मा खतिवडा, कमल शर्मा, शोभा चौलागाईं,कृष्ण कुमार थापा, कविता खड्का लगायतले अभिनय गरेका छन् । गाउँ घरको कथाबस्तुमा केन्द्रित माइतीघर सिन्धुपाल्चोक सानो इलाकामा छायाँकार मरुभूमि नारायणले निरन्तर खिचिरहेका छन् । माइतीघरको मेकअपमा श्रद्धा कँंडेल रहेकी छन् भने सम्पादन अर्जुन थापाले गरेका छन्। माइतीघरलाई अझै परिमार्जन गर्दै १०० भागसम्म लैजाने निर्माण युनिट्ले बताएको छ ।

यता मोडल निर्माता तथा कलाकार बिकास थापा मगरले टिलिफिल्म पिरै पिर निर्माण गरेको छ्न । लक्ष्य, हिडदा हिडदै जस्ता ठूलो पर्दाको निर्देशक मिलन आले मगरले टेलिफिल्म पिरै पिरलाई पनि श्रोतामाझ आइसकेको छ ।

धनेश्वर युटुव च्यानलमा हरेक मंगलबार बेलुकी साँझको प्राइम टाइम मा नियमित रुपमा प्रशारण भैरहेको पिरै पिरमा बिनोद श्रेष्ठ ,तारा केसी, मान महर्जन, देव महर्जन, दिपक सुनवार, सपना गदाल, बिकास थापा मगर, बिकल श्रेष्ठ, पबि अधिकारी लगायतले अभिनय गरेको छन् भने मेकअपमा रोजिना श्रेष्ठ रहिका छिन् ।

अहिले ११ भाग निरन्तर प्रशारण भएको पिरैपिरको लेखन कार्य झलक पंगेनी हुन भन्ने सम्पादक तथा छायाँकन रमेशले गरेको छन् । अहिले आम दर्शकमा लोकप्रिय बन्दै गइरहेको टिलिचलचित्र पिरैपिरलाई सबैको साथ र माया पाइरहेको खण्डमा भविष्यमा १ सय भागसम्म पु¥याउन्ने लक्ष्य रहेको निर्माता तथा कलाकार बिकास थापा मगरले बताएका छन् ।

111 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

दीपेन्द्र खड्काको नयाँ लोकदोहोरी गीत ”गुन भुल्ने मायालाई” सार्वजनिक 

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज १९औँ गणतन्त्र दिवस, भव्यरुपले मनाइँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज बजेट सार्वजनिक हुँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal