‘आन्तरिक सुरक्षाको मियो नेपाल प्रहरी’
काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल प्रहरी आन्तरिक सुरक्षाको मियो भएको बताएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्साल काठमाडौँद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०८१’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले आन्तरिक सुरक्षाको मियोको रुपमा स्थापित नेपाल प्रहरी समयसापेक्ष अगाडि बढ्ने सके मात्र नागरिकले शान्ति र सुरक्षाको प्रत्याभूत गर्ने बताए ।
अपराधका शैली फेरिँँदै गएकाले सूचना र प्रविधिको विकाससँगै अनुसन्धान अभियोजना प्रक्रियालाई पनि वैज्ञानिक र वस्तुवादी बनाउनुपर्ने उनको भनाइ थियो ।
उनले भने, “अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याती हामी नेपाली र नेपालको लागि पुँजी हो । सीमित साधन र स्रोतका बाबजुद यो पुँजी निर्माणमा राज्यले सुम्पेको जिम्मेवारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपाल प्रहरीले देखाएको कार्यकुशलता प्रशंसनीय छ । जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै बिना बर्दीका सिपाही मानिने आम नागरिकको भरोसा जित्ने गरी तपार्इंहरुका आचरण, व्यवहार र शिष्टतालाई त्यसतर्फ केन्द्रित गर्नुस् ।”
नविनतम आविष्कार र प्रविधिको कारण बढ्दै गएका अपराधका नयाँ शैलीविरुद्ध तदारूकता बढाउँदै वर्तमान र भविष्यमा हुनसक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने गरी नेपाल प्रहरीले आफूलाई दक्ष र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो ।
मुख्यमन्त्री कँडेलका अनुसार अपराध नियन्त्रणमा जानी नजानी गरिने लापरबाही वा बद्नयितले सिङ्गो राज्य व्यवस्थाप्रति नै नकारात्मक प्रभाव पार्ने विषयलाई हामीले हेक्का राख्नैपर्दछ । उच्च अदालत सुर्खेतका कायम मुकायम न्यायाधीश कृष्णलाल भट्टराईले प्रविधिबाट हुने अपराध निकै चुनौतीपूर्ण भएको जनाउँदै यसमा अनुसन्धान प्रक्रियालाई प्रविधिसँग जोडेर लिनुपर्ने सुझाव दिए ।
अपराध अनुसन्धानको पहिलो काम प्रहरीको भएकाले यसमा प्रमाण नष्ट नहुने गरी प्रहरीले काम गर्ने सके पीडितले न्याय पाउने र त्यसले मात्र समाजमा न्याय, सुशासन र शान्ति कायम हुने धारणा उनले राखे ।
अपराध अनुसन्धान विभाग नक्साल काठमाडौँका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायतले प्रहरी प्रधान कार्यालयले विगत केही समयदेखि अपराध अनुसन्धान र नियन्त्रणलाई समयसापेक्ष, पारदर्शी र नागरिकमैत्री कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले सुरक्षा गोष्ठी गर्दै आएको बताए ।
अहिलेको बदलिँदो परिस्थितिमा अपराध अनुसन्धान गर्ने शैलीमा व्यापक परिवर्तन ल्याउनुपर्ने देखिएको उनले बताए । उनले भने, “पछिल्लो चरणमा डिजिटल प्रविधिमार्फत अपराध बढ्दै गएको छ । आर्थिक कारोबारसँगका बढी अपराध सङ्ख्यात्मक हिसाबले हरेक प्रदेशमा र्बैकिङ कसुर अर्थात् अनलाइन ठगीका अपराध बढ्दै गएका छन् ।”
विश्वमा अपराधको दर अपत्यारिलो तरिकाले बढी रहेकाले अब बयानमुखी जाहेरी दरखास्त र भनसुनका आधारमा अपराधी समात्ने परम्परागत प्रक्रियाले शान्ति, सुरक्षा र सुशासन कायम गर्न नसकिने अवस्थामा दक्षता हासिल कसरी गर्ने भन्नेतर्फ लाग्नुपर्ने जिम्मेवारी थपिएको प्रहरी अतिरिक्त महानिरीक्षक कडायतको भनाइ थियो । उनले यसका लागि राज्यले अनुसन्धान र अभियोजन प्रक्रियालाई नागरिकमैत्री बनाउन सूचना र प्रविधिमैत्री जनशक्ति निर्माणमा जोड दिनुपर्ने धारणा राखे ।
उक्त गोष्ठीमा कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता सुर्खेत जिल्ला अदालतका न्यायाधीश, उच्च सरकारी वकिल कार्यालयका प्रतिनिधि, दशवटै जिल्लाका प्रहरी प्रमुख तथा पत्रकारको सहभागिता थियो ।
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





