नेपाल मेडिकल कलेजमा ५० वर्षीया महिलाको पाठेघरको सफल शल्यक्रिया

२०८१ मंसिर २२ गते, शनिबार

काठमाडौं । लामो समयदेखि पाठेघरको गम्भिर समस्याबाट आक्रान्त एक महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ सुन्ताखानकी ५० वर्षीय सरस्वती कुँईकेलको बुधबार दुरबिनको माध्यमबाट पाठेघरको सफल शल्यक्रिया गरिएको हो ।

गत मंगलबार पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी कुँईकेलको कलेजकी स्त्री तथा प्रसुति रोग विभागकी प्रमुख प्रा।डा। रिता मरहठ्ठा नेतृत्वको टीमले सफल शल्यक्रिया गरेको हो । महिनाबारीमा अत्याधिक रक्तश्राव हुने, महिनाबारी समयमा नहुने जस्ताबाट पिडित कुँईकेलको भिडियो एक्सरे गरेर हेर्दा पाठेघरको भित्ता अत्यन्त बाक्लो भएको र पाठेघरमा ट्युमरसमेत पलाएको पाइएको प्रा।डा। रिता मरहठ्ठाले जानकारी दिइन् ।

‘उहाँ लामो समयदेखि महिनावारीमा अत्याधिक रक्तश्रावबाट पिडित हुनुहुन्थ्यो । विभिन्न औषधी उपचार गर्दापनि ठिक नभएपछि भिडियो एक्सरे गरेर हेर्दा पाठेघरको भित्ता बाक्लो भएको र ट्युमर पनि पलाएको पाइयो । त्यसपछि तत्कालै शल्यक्रिया गर्न सल्लाह दियौं ।’ प्रा।डा। मरहठ्ठाले भनिन् । सरस्वतीको औषधीबाट उपचार नभएपछि प्रा।डा।मरहठ्ठाले पाठेघरको शल्यक्रिया गर्न सल्लाह दिएकी थिइन् ।
सरस्वतीको पाठेघरमा ट्युमर पाइएपछि प्रा।डा। मरहठ्ठाले पाठेघर निकाल्न सुझाएकोमा उनकै नेतृत्वमा दुरबिनको माध्यमबाट सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात बिरामी सरस्वतीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले शनिबार डिस्चार्ज समेत गरिसकेको छ ।

नेपाल मेडिकल कलेजको स्त्री तथा प्रसुति रोग विभागमा दुरबिनको माध्यमबाट जतिपनि शल्यक्रियाहरु गरिन्छ त्यसको नेतृत्व डा। मरहठ्ठाले गरिरहेकी छन् । कलेजमा १०–१२ वर्षयता पाठेघरका जटिल शल्यक्रिया र उपचार भइरहेको छ । विगत २५ वर्षदेखि कलेजमा कार्यरत प्रा।डा। मरहठ्ठा स्त्री तथा प्रसुति रोगको वरिष्ठ विशेषज्ञ डाक्टर हुन् । विभागमा स्त्री रोग विशेषज्ञहरु डा. सनिता कायस्थ, डा। अमृता गिरी, डा। अंशुमाला जोशी, डा. आस्था श्रेष्ठ, डा। अमरेन्द्र प्रसाद कुशवाहा लगायत रहेका छन् ।
आमाको सफल शल्यक्रिया भएकोमा खुसी व्यक्त गर्दै छोरा जनार्दन कुँईकेलले अस्पतालबाट प्राप्त सेवाहरु राम्रो र प्रभावकारी रहेको बताए । आफुहरु स्थानीय भएको तथा लामो समयदेखि मेडिकल कलेजमै उपचार गराईरहेको बताउँदै अस्पतालले हरेक रोगको उपचारमा विशेषज्ञ चिकित्सकहरु उपलब्ध गराएकाले सर्वसुलभ शुल्कमै उपचार गर्न पाइएको बताए । ‘अस्पतालको सेवाहरु राम्रो छ । हामी नियमित आइरहन्छौं । मेडिकल कलेज भएकोले शुल्क पनि सस्तै छ । विशेषज्ञ डाक्टरहरु हुनुहुन्छ । स्टाफ नर्सहरु पनि सहयोगी हुनुहुन्छ ।’ उनले भने ।
कलेजमा पाठेघरको समस्या लिएर आउने बिरामीहरु बढिरहेका छन् । बदलिँदो जीवनशैली र खानपानका कारण पछिल्लो समय महिनाबारी गडबडी र पाठेघरको समस्याका बिरामीहरु बढेका छन् । त्यसो त विभागमा अनुभबी र विशेषज्ञ चिकित्सकहरु रहेकाले स्त्री रोग सम्बन्धी उपचारका लागि टाढाबाट बिरामीहरु आउने गरेका छन् । ‘हामी कहाँ हरेक रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरु हुनुहुन्छ । इमरजेन्सी र साधारण ओपिडीमा विशेषज्ञ चिकित्सकबाट उपचार हुन्छ, ओपिडीमा नभ्याउने बिरामीहरुको लागि इएचएसबाट पनि सेवा प्रदान गरिरहेका छौं ।’ स्त्री तथा प्रसुति रोग विभागीय प्रमुख प्रा।डा। मरहठ्ठाले बताइन् ।

137 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal