एआईमा लगानी नगरे मुलुक पछाडि पर्ने विज्ञको चेतावनी
ललितपुर । भारतका वरिष्ठ एआई विशेषज्ञ कुन्दनाकुमार लालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अहिले नै पर्याप्त लगानी नगरे देश धेरै पछाडि पर्ने भएकोले नेपालले एआईमा लगानी गर्न ढिला गर्न नहुने बताएका छन् ।
सानेपा ललितपुरस्थित एभरेष्ट इन्जिनियरिङ कलेज र एनडिआरआईको संयुक्त आयोजनामा एभरेष्ट इन्जिनियरिङ कलेजको सभाहलमा कलेजका शिक्षक तथा विद्यार्थीहरूसँगको छलफल कार्यक्रममा भारतको मुम्बईस्थित भिट्टी रिसर्च इन्स्टिच्युटका अध्यक्षसमेत रहेका उनले अहिलेको समय सूचना प्रविधिको युग भएको, मानव जीवनका सबै आयामहरूमा एआईको प्रयोग तीव्र गतिमा बढिरहेकोले यस विषयमा नेपालीहरु गम्भीर हुन सुझाए । संसारका प्रायः सबै ठूला उद्योगहरू एआईकै माध्यमबाट चुस्त हुँदै गएका छन्, उनले भने, एआईको दौडमा जित्ने देशले संसारलाई नै आफ्नो अधिनमा राख्ने तथ्यलाई मध्यनजर गर्दै अमेरिका र चीनले वार्षिक खर्बौं डलर लगानी गरिराखेका छन् । भारतले एआईमा लगानी बढाउन शुरू गरिसकेकोले नेपाल यस विधामा पछाडि पर्न नहुने जानकारी उनले गराए ।
एभरेष्ट इन्जिनियरिङ कलेजका कम्प्युटर, सफ्टवेयर र सुचना प्रविधिका स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गर्दै उनले कलेजको पढाइकै क्रममा एआईको सिप विकासमा जोड दिन र अन्तिम वर्षको फाइनल प्रोजेक्टमा एआईलाई समाहित गर्न सुझाव दिए । एआईको तीव्र विकासको तीन मुल चरणहरू रहेको र हाल भारत र नेपाल जस्ता देशहरू एआई विकासको प्रारम्भिक चरणमै रहेको तथ्यमाथि प्रकास पारे । उनले अमेरिका र चीन एआई विकासको मध्यम चरणमा लागिरहेको जानकारी पनि गराए । एआई प्रयोगको लागि भौतिक तथा मानव संसाधनको पर्याप्त पूर्वाधारहरू नभएका देशहरूमा विदेशी लगानी आउने संभावना न्युन हुँदै गइरहेकाले सरकारले भौतिक पूर्वाधारको विकासमा तथा एभरेष्ट इन्जिनियरिङ कलेज जस्ता संस्थाहरूले एआई प्रयोग गर्न सक्षम मानव संसाधनको विकासमा जोड दिनुपर्ने धारणा उनले राखे ।
एभरेष्ट इन्जिनियरिङ कलेजले स्नातकोत्तर तहमा पनि कम्प्युटर इन्जिनियरिङको अध्यापन गरिरहेकाले यस कलेजबाट अध्ययन सकाएका छानिएका विद्यार्थीहरूलाई मुम्बईको कम्पनीहरूमा इन्टर्नसिपको सम्भावना उच्च रहेको जानकारी पनि उनले बताए । कार्यक्रम एभरेष्ट इन्जिनियरिङ कलेजका रिसर्च कमिटीका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको थियो । कलेजका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार भण्डारी र प्राचार्य विरोध रिजालले कुन्दनाकुमार लाल तथा एनडिआरआईका वरिष्ठ शोध विशेषज्ञ प्रा.डा. नवराज खतिवडालाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रम सञ्चालन एनडिआरआईका सञ्चार अधिकारी आष्मा अर्यालले गरेकी थिइन् ।
ताजा
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का
२०८३ जेष्ठ १७ गते, आईतवार
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का
२०८३ जेष्ठ १७ गते, आईतवार
काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन
२०८३ जेष्ठ १७ गते, आईतवार
ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक
२०८३ जेष्ठ १७ गते, आईतवार
चाँगुनारायण नगरपालिका अब ‘योगनगर’
२०८३ जेष्ठ १७ गते, आईतवार
स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा
२०८३ जेष्ठ १७ गते, आईतवार
नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?
२०८३ जेष्ठ १७ गते, आईतवार
बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा
२०८३ जेष्ठ १५ गते, शुक्रबार
चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव
२०८३ जेष्ठ १५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





