छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड सम्पन्न

२०८१ असार १६ गते, आईतवार

काठमाडौं । ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुती, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा हालै काठमाडौँको र्‍याडिशन होटेलमा भव्य रुपमा उक्त समारोह सम्पन्न भएको हो ।

नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष एवं साल्ट ट्रेडिङ् कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त समारोहमा विशेष अतिथी प्रख्यात अभिनेत्री जय प्रदा लगायत नेपाल, भारत, युके लगायत देशबाट सहभागिता जनाएका अतिथीजनलाई स्वागत गर्दै समारोहलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सवैलाई धन्यवाद दिएकी थिईन ।

प्रतिनिधि सभाका उप(सभामुख ईन्दिरा रानाको प्रमुख आतिथ्यता तथा लोकप्रिय भारतिय अभिनेत्री जय प्रदाको विशेष आतिथ्यता रहेको उक्त समारोहमा नेपाल तथा भारतका उच्च पदस्थ व्यक्तीहरु सेलिब्रेटी तथा प्रसिद्ध कलाकारहरुका साथै करिब सात सय भन्दा बढी दर्शकहरुको उपस्थिति रह्यो ।

कला साहित्य र सँस्कृति लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउदै आएका र सामाजिक जीवनमा प्रसिद्धि कमाएका विभिन्न विधाका करिब ४ दर्जन बढि प्रतिष्ठित व्यक्तिहरूलाई उक्त अवार्ड प्रदान गरियो । जसमा नेपालबाट करिब तीन दर्जन बढी र भारतबाट करिब डेढ दर्जन बढि व्यक्तित्वहरुले अवार्ड प्राप्त गरे ।

नेपालका चर्चित कलाकारहरु गायक आनन्द कार्की, गायक यम बरालको प्रस्तुती रहेको समारोहमा भारतिय कत्थक डान्सरहरुको नृत्य र नेपाल भारतका र्याम्प मोडलहरुले दुवै देशको संस्कृति झल्कने पहिरनबाट र्याम्प शो समेत गरे ।

कार्यक्रममा प्रमुख अतिथी उपसभामुख रानाले यस्ता कार्यक्रमहरुबाट नेपाल र भारतको मित्रताको डोरी कसिलो बन्दै जानुका साथै दुबै देशको संस्कृति प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताइन् । यसरी दुई छिमेकी मुलुकको सँस्कृतीक सम्बर्द्धनको लागी महत्त्वपूर्ण भूमिका खेलेको भन्दै आयोजक कमिटीलाई धन्यवाद समेत दिइन् ।

यस्तै उक्त समारोहमा वलिउड अभिनेत्री जय प्रदालाई भब्य सम्मान समेत गरिएको थियो । नेपाल चेम्बर अफ कमर्शको अध्यक्ष कमलेश कुमार अग्रवाल तथा महिला चेम्बरकी उपाध्यक्ष श्रेष्ठले अभिनेत्री प्रदालाई सम्मान प्रदान गरेका थिए । सोही क्रममा अभिनेत्री प्रदाले नेपाल आफ्नो दोश्रो घर भएको र यसरी नेपालीको माया पाउदा आफु निकै हर्षित भएको भन्दै खुसी समेत व्यक्त गरिन् ।

यस्तै स्वयं अभिनेत्री प्रदाले पनि साल्ट ट्रेडिङ कर्पोरशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतलाई आफ्नो तर्फबाट सम्मान गरिन् ।

कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईराला,चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी,अभिनेत्रीत्रय बसुन्धारा भुषाल,चैत्यदेवी तथा भुवन चन्द, कलाकार किरण केसी,राजाराम पौडेल,देविका बन्दना, राजु सिंह,नारायण प्रधानका साथै अभिनेता सरोज खनाल,संगीतकार शम्भुजित बासकोटा,प्रहरी अतिरिक्त महानिरिक्षक भिम प्रसाद ढकाल,नेपाली सेनाका सहायक रथि राजन अधिकारी, लोकप्रिय भारतिय गुगल आन्टि ७९,प्रिमिला हिंगोरोनी,युके प्रतिष्ठित व्यवसायी सोनिया भाटिया, भारतिय प्रख्यात व्यक्तित्व सविता राणा भारती, प्रतिष्ठित व्यबसायी एवं सामाजिक अभियान्ता डा।अनुप शर्मा भारतिय चर्चित डान्सर हिमांशु द्धिवेदी टिपिएफ फ्याकिटका आकाश गुप्ता, डा।अर्पणा शाह, चेम्बरका पदाधिकारीहरु,पर्यटनविद,संस्कृतिविद,लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा अभिनेत्री जय प्रदा अभिनित चर्चित गीत ‘डफली वाले’ मा प्रस्तुति दिएकी थिइन् । उनको नृत्यमा उपस्थित दर्शकहरुले गडगडाहट ताली बजाएर सम्मान गरेका थिए ।

संचारकर्मी दिनेश डिसीले संचालन गरेको उक्त कार्यक्रममा आयोजक लिडिभाईनकी प्रमुख पुनम कौशिक, व्यवस्थापक श्रुती सरल, निर्देशक अंकित शर्मा, नेपालका आयोजक प्याजेन्ट नेपालका प्रमुख राज लुईटेल लगायतले कार्यक्रम सफल भएको र आगामी दिनमा हुने कार्यक्रमका लागि थप उर्जा मिलेको बताए ।

अभिनेत्री प्रदा यसै कार्यक्रममा सहभागिताका लागि २ दिने नेपाल भ्रमणमा आएकी थिईन भने उनी सहित भारतबाट करिब ४ दर्जन वढि व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

173 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal