दिन दाहाडै नबिल बैंकबाट १ करोड ३४ लाख चोरी

२०८१ बैशाख १८ गते, मंगलवार

पर्सा । वीरगन्जको बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चोरले टिनको बक्सा फुटालेर एक सय र बीस रुपैयाँको नोट चोरेका हुन् ।

सो रकम चोरी भएको भन्दै बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ । आइतबार राति बैंकको ताल्चा फुटाई चोर भित्र प्रवेश गरेको बताइएको छ ।

वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको पर्सा प्रहरीले जनाएको छ । चोरी भएको समयमा बैकमा सेक्युरेटी गार्डसमेत नभएको खुलेको छ । सेक्युरेटी गार्ड नभएका कारण घटना थप शंकास्पद बनेको छ ।

वीरगन्जको व्यस्त सडकमा रहेको उक्त बैंकबाट सो रकम चोरी भएको दुईदिन बितिसक्दा पनि प्रहरीले अझै चोरलाई भेटाएको छैन् । प्रहरीका अनुसार चोरले ४÷५ वटा बोरामा हालेर पैसा लगेका छन् । बैंकको ताल्चा फुटाएका चोरले चोरी गरि फर्किने क्रममा गेटमा नयाँ ताल्चा लगाइदिएका थिए ।

203 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal