हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करण सम्पन्न

२०८१ बैशाख २७ गते, बिहीबार

काठमाडौं । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष समारोहबीच रक्षमन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई नगद राशिसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । यस्तै सिक्किमका साहित्यकार जीवन शर्मालाई ‘हिमालयन गीतरसंगीत विशेष सम्मान’, चलचित्र निर्माता तथा अभिनेत्री रुश्मा राईलाई ‘हिमालयन चलचित्र विशेष सम्मान’ र वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई हिमालयन विशेष साहित्य साधना सम्मान’ अर्पण गरिएको थियो ।

‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ सम्मपन्न भएको समारोहमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई ‘हिमालयन पत्रकारिता रजत सम्मान’ नगद दश हजार राशिसहित प्रदान गरिएको थियो । यो पुरस्कारको रकम शम्भुजित सेभेन नोट्सले प्रदान गरेको थियो । यसैगरी वरिष्ठ पत्रकार शान्तिप्रियलाई ‘हिमालयन पत्रकारिता विशेष सम्मान’, विनोद देवकोटालाई ‘हिमालयन पत्रकारिता सम्मान’ र किरणप्रसाद अधिकारीलाई मोफसल पत्रकारिता सम्मान अर्पण गरिएको थियो । उहाँहरूलाई प्रमुख अतिथि मन्त्री उप्रेती, विशिष्ठ कलाकार वसुन्धारा भुसाल, वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा।पुरुषोत्तम दाहाल, अवार्डका अध्यक्ष गणेश सुवेदी र संयोजक गीता अधिकारीले खादा, माला, सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

यस्तै, समारोहमा अपांग अधिकारकर्मी जगदीशप्रसाद अधिकारी, वरिष्ठ साहित्यकार हरि शर्मा, साहित्यकार रमेश दाहाल, युवा उद्यमी मिर्जा राशिद वेग, लोकदोहोरी गायिका शर्मिला तामाङ, सुनिता नेपाली, वरिष्ठ कस्मेटोलोजिस्ट मन्दिरा खड्का र व्यवसायी अभिशेख विक्रम शाहलाई सम्मान अर्पण गरिएको थियो । म्युजिक कम्पोजर शाहस शाक्य, पत्रकार तुलसी गिरी ‘भावुक’, गायक महेन्द्रराज वराल र संजिवसिंह रानालाई जुरी सम्मान गरिएको समारोहमा पाटन प्याथ ल्याव प्रा।लि।, नोर्डिक एजुकेशन कन्सल्टेन्सी प्रा।लि। र सुमन ड्राइभिङ सेन्टरलाई आभार पत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्ने शिव कैलाश कला मन्दिरका चेतकुमारी कार्की, रश्विता रिजाल, प्रतिज्ञा भण्डारी, कविन्द्र तामाङ र रोशन बुढाथोकीलाई कदर पत्र प्रदान गरिएको थियो । यस्तै सुमित रजक र छिरिङ भोटेलाई मायाको चिनो प्रदान गरिएको थियो । अवार्डका जुरी वरिष्ठ संगीतकार राजु सिंह, अफिसियल एमसी राजेश वर्देवा र प्रमुख अतिथि मन्त्री उप्रेतीलाई विशेष मायाको चिनो प्रदान गरिएको थियो ।

अवार्ड समारोहमा विभिन्न स्रष्टा सर्जकलाई अवार्ड प्रदान तथा आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्नु आफैंमा एकदम राम्रो कार्य भएको प्रमुख अतिथि मन्त्री उप्रेतीले बताउनुभयो । उहाँले देशको कला संस्कृतिको संरक्षण र सम्बद्र्धनमा लाग्नुभएका स्रष्टालाई उहाँहरूको कामको मूल्यांकन गर्दै राज्यले गर्नुपर्ने काम एक संस्थाले गरेको र त्यसमा आफू सहभागी भएकोमा गौरवको महसुस भएको जिकिर गर्नुभयो ।

स्रष्टा सर्जक देशका गहना नभएर स्पन्दन भएको भन्दै वरिष्ठ पत्रकार एवं साहित्यकार दाहालले अब भाष्य परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल हिमालय र कला संस्कृतिले जीवित रहने बताउँदै उहाँले अवार्डले भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रका व्यक्तित्वलाई उहाँहरूको कार्यको सम्मान गरेको बताउनुभयो ।

स्रष्टा सर्जकलाई सम्मान गर्ने उद्देश्यले सुरु गरेको अवार्ड यसवर्ष पनि निरन्तरता दिएको अवार्डका अध्यक्ष सुवेदीले बताउनुभयो । भाषा, साहित्य कला संस्कृतिका सर्जकलाई सम्मान गर्ने उद्देश्यले अवार्डलाई निरन्तरता दिइएको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउँदै आ–आफ्नो क्षेत्रबाट कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले आगामी संस्करण नेपाल बाहिर गर्ने तयारी रहेको पनि जानकारी गराउनुभयो । वुमेन्स एरा मिडिया ग्रुपकी अध्यक्ष प्रतिमा राईले अवार्डका विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र भजनका साथै भाषाभाषीका विद्यामा पनि अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट पाँचबाट सर्वोत्कृष्ट छनोट भएका स्रष्टा सर्जकलाई विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूले अवार्ड प्रदान गर्नुभएको थियो ।

समारोहमा भजनमा ज्ञानेन्द्र गदाल ‘कृष्ण कन्हैया’, राष्ट्रिय गीतमा गोपालप्रसाद थपलीया ‘देशको माटो’, आधुनिक गीतकार पुरुषमा प्रकाश सुवेदी ‘फूल राम्रो सूर्यमुखी’, आधुनिक गीतकार महिलामा प्रतिमा गुरुङ ‘आमा बाबा’, संगीतकार आधुनिकमा महेश्वर पन्त ‘ज्युदो देवता’ले अवार्ड प्राप्त गर्नुभएको थियो ।

यस्तै संगीत संयोजन आधुनिकमा बलराम राजबंशी ‘माया हाम्रो’, आधुनिक गायकमा हेमन्त शिशिर ‘मेरो लागि तिमी’, आधुनिक गायिकामा समीक्षा अधिकारी ‘जीवनको रेल’, आधुनिक युगल गायनमा रमेश पाठकररचना रिमाल ‘मयााकै पिर’, आधुनिक गीत निर्देशकमा सोनाम पार्खिन ‘अधुरो सपना(२’, आधुनिक गीत मोडल पुरुषमा राज टाइगर ‘धरहरामा बस्यो माया जाल’ र आधुनिक गीत मोडल महिलामा सरस्वती खत्री ‘तिमीलाई ज्यान दिन्छु’बाट अवार्ड चुम्न सफल हुनुभयो ।

त्यस्तै, ध्वनि मिश्रणमा कुमार केसी ‘यही कतै’, छायांकारमा गंगाराम राई ‘सल्लेरी वनमा’, सम्पादकमा दिन्शन शाह ‘कृष्णजीकी राधा’, गजलमा डा।कृष्णहरि बराल ‘अचानक’ले अवार्ड उचाल्नु भएको थियो ।

यसैगरी लोकपपमा सुरेन गौतम, ‘सल्लेरी पाखाहरू’, आधुनिक नवगायकमामा स्याडरोज ‘अदृश्य माया’, आधुनिक नव गीतकारमा गणेश घिमिरे ‘देवता भाकी’, नवमोडल महिलामा एलिना थपलिया ‘तक्दीर’, लोक तथा दोहोरी गायकमा चेतबहादुर बुढाथोकी ‘रेलको बाटो’, लोक तथा दोहोरी गायिकामा काव्य आचार्य ‘एैना काइँयो’ले अवार्ड प्राप्त गर्नुभयो ।

त्यस्तै, लोक तथा दोहोरी शब्दमा कृष्णभारद्वाज ‘डम्बरकुमारी’, लोक तथा दोहोरी लयमा मदन नेपाली ९सुफिक्स० ‘लाग्छ माया लाग्दैन’, लोक तथा दोहोरी गीत निर्देशनमा जनक सिंह ‘गरिदेउ विदा’, लोक तथा दोहोरी मोडल पुरुषमा सागर लम्साल ‘पिरैले सुकाउछ ज्यान’, लोक तथा दोहोरी मोडल महिला एन जेड शालु ‘लुकी लुकी’, टेलिचलचित्रमा रश्मि पाण्डे माकुरी ‘सक्किगोनी’ र शृंगारमा विक्रम गौतमले ‘भगवान कसम’बाट अवार्ड उचाल्नु भएको थियो ।

समारोहमा कल्चर गीतमा छिरिङ लामा मोडललाई ‘ङन्जेन जोम्सेदु’, लोक तथा दोहोरी गीतमा सुमी पराजुली चुम्मा चपक्कै’, मोडल आधुनिकमा रोशन श्रेष्ठ ‘ओ लम्भी’, टेली चलचित्रमा सरिता राजोपाध्याय ‘बुहारी’बाट जुरी अवार्ड प्राप्त गर्नुभएको थियो भने सुवाशकुमार मण्डलले ‘हर स्वासमा’ इन्करेजमेन्ट अवार्ड र सुरज श्रेष्ठले लोकपप गीत ‘बेनी बजारमा’बाट पब्लिक च्वाइस अवार्ड प्राप्त गर्नुभएको थियो । कार्यक्रमको प्रायोजन राष्ट्रिय वाणिज्य बंैक, बूढानीलकण्ठ नगरपालिका वडा नं। १२, चलचित्र फर्किफर्की, पाटन प्याथ ल्याव प्रा।लि।, नोर्डिक एजुकेशन कन्सल्टेन्सी प्रा।लि।, सुमन ड्राइभिङ सेन्टरलगायतले प्रायोजन गरेको आयोजकले जनाएको छ ।

समारोहमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा, विरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, कलाकार ओम प्रतिक, नेपाल सांस्कृतिक संघका महामन्त्री शिवशंकर रिजाल जोगिन्दर पानवाला, महामन्त्री रोशनी केसी, चलचित्रकर्मी मनोज भेटवाल, गायिका देवीका वन्दना, गायक शिशिर योगी, संगीतकार सन्तोष श्रेष्ठ, नायक गजित विष्ट, चलचित्र वितरक गोपलकाजी कायस्थ, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, निर्देशक माधवराज खरेल, कलाकार सनम कठायत, एनिमेटर अच्युत बजगाईं, कलाकार निर्देशक शाश अधिकारी, गीतकार भरत बमजन, निर्देशक रामकाजी घिमिरे, कलाकार कृष्ण शिवाकोटी, गायिका सारिका घिमिरे, कोरियोग्राफररनिर्देशक नारायण रिजाल, गायक माधव भण्डरी, गीतकार तथा पत्रकार सुमन वैरागी, किशन अर्याल, भोला रिजाललगायत विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।

74 Views

ताजा

चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक

२०८२ माघ २४ गते, शनिबार

चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक

२०८२ माघ २४ गते, शनिबार

प्रिमियम कन्स्ट्रसन केमिकल ब्राण्ड ‘मापिसा’का एडिसिभ उत्पादन नेपाली बजारमा

२०८२ माघ २४ गते, शनिबार

निर्वाचन आउन २६ दिन बाँकीः २४ उम्मेदवारले बुझाए स्पष्टीकरण

२०८२ माघ २४ गते, शनिबार

हृदयघातका कारण वरिष्ठ कलाकार सुनिल थापाको निधन

२०८२ माघ २४ गते, शनिबार

कमला सन्ध्या आरती सम्पन्न

२०८२ माघ २४ गते, शनिबार

Talk Program on Kashmir Solidarity Day

२०८२ माघ २२ गते, बिहीबार

आफ्नै कारणले ‘रेड जोन’मा गगन थापा

२०८२ माघ २२ गते, बिहीबार

भक्तपुरमा समाजसेवामा अग्रसर बन्दै रामचन्द्र लामिछाने

२०८२ माघ २२ गते, बिहीबार

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

२०८२ माघ २१ गते, बुधबार

निर्वाचन आउन २९ दिन बाँकीः समानुपातिकमा पुरुष भन्दा महिला बढी

२०८२ माघ २१ गते, बुधबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal