पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन
काठमाडौं । ‘नारीवादको मान्यता र नारीवादी भन्ने शब्दावली पनि स्टिरियोटाइपकै कारण सीमित भएको छ झैं मलाई लाग्छ ।’‘पुरुषप्रधान समाजको संरचना तथा वैचारिकी नारीका निम्ति त हानिकारक छँदैछ नै, यो पुरुषको निम्ति पनि ठिक छैन ।’
माथिका हरफहरु हामी दाजुभाइ नामक संस्थाले आफ्नो कार्यालय, ज्वागलमा यही हप्ता पुरुष र पुरुषत्वसम्बन्धि स्रोत केन्द्रको उद्घाटन गर्ने क्रममा संस्थाका अध्यक्ष सञ्जोग ठकुरी र उपाध्यक्ष पुजा श्रेष्ठले वाचन गरेका ‘महिलावाद’ र ‘अपरजित अपराजिता’ नामक पुस्तकका अंश हुन् । वैशाख महिनाको पहिलो हप्ता आफ्नो पाँचौ वार्षिकोत्सवको अवसर पारेर सो केन्द्रको उद्घाटन गरिएको हो । नेपालमा महिलावाद र लैगिंंक अध्ययन शुरु गर्ने मध्यकी एक प्रा. डा. बिन्दु पोख्रेल, त्रि. वि.लैंगिक अध्ययन विभागका प्रमुख सुदिप नकर्मी र ललितपुर महानगरपालिका, सामुदायिक शाखाकी प्रमुख सरिता महर्जनद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको सो स्रोत केन्द्रले नेपालमा पुरुष र पुरुषत्वसम्बन्धि अध्ययनका लागि भएको पाठ्य सामाग्रीको अभावलाई केही हदसम्म भएपनि न्युनीकरण गर्ने विश्वास लिइएको छ ।उद्घाटनका क्रममा नकर्मीले पुरुषहरु माहिलावादी हुने मात्रै होइन कि एक असल र उदाहरणीय पुरुष बन्न पनि सक्छन् भन्ने विचार व्यक्त गरेका थिए । त्यस्तै प्रा. डा .पोख्रेलले महिलावाद र लैंगिक अध्ययन महिलाले मात्र पढ्ने होइन कि पुरुषहरुले नै पढ्नु पर्ने विषय भएकोेले आफूहरुले यो विषयको अध्ययन र अध्यापनलाई नेपालमा शुरुवात गरेको र त्यो विषय सुरुमा अध्ययनका लागि पद्म कन्या क्याम्पसमा व्यवस्था मिलाइएको र त्यहाँ पुरुषहरुलाई अध्ययनको अनुमति नभएकोले डिल्लीबजारमा भाडामै भएपनि स्थान व्यवस्था गरेर सुरुवात गरेको स्मरण गरिन् ।

त्यस्तै अर्की वक्ता महर्जनले समाजमा महिलामाथि हुने हिंसा दुव्र्यवहार अन्त्यका लागि पुरुषहरु नै अग्रसर हुनुपर्ने, महिलावादलाई बुझ्नुपर्ने र त्यसको लागि महानगरपालिकाले हामी दाजुभाइसँग मिलेर कलेजहरुमा विमेन क्लब गठन गरी यो विषयमा बुझ्ने र बुझाउने कार्यको थालनी चार वर्ष अगाडि नै गरिसकेको र त्यसको निरन्तरता अव स्कुलहरुमा पनि गर्नका लागि बजेट विनियोजनसमेत गरिसकेको कुरा व्यक्त गरिन् । कार्यक्रममा आयोजक संस्थाका अध्यक्षले संस्था स्थापना गर्नुको कारण र पाँचौ वर्षमा प्रवेश गरिरहँदाका आरोह अवरोहबारे स्मरण गरेका थिए भने संस्थाकी उपाध्यक्ष श्रेष्ठले स्रोत केन्द्र स्थापना गर्नुको उपदेयतामाथि प्रकाश पारेकी थिइन् । कार्यक्रममा महानगरपालिका, महिला विकास शाखाकी सोनु खड्का, सस्थाका कार्यसमिति सदस्य सुलभ गिरी, लैंगिक अध्ययनका विद्यार्थीहरुलगायत विभिन्न अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





