कहाँ हराइन् विद्यादेवी ?

२०८० माघ १८ गते, बिहीबार

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गुमनामजस्तै भएकी छिन् । राष्ट्रपतिको दुई पटकको कार्यकाल सकेर बिदा भएकी उनी आजभोलि खासै कार्यक्रममा उपस्थित हुने गरेकी पनि छैनन् ।

राष्ट्रपतिको कार्यकाल सकेर फकिँदै गर्दा उनी फेरि एमालेको राजनीतिमा नै सक्रिय रहने चर्चा गरिएको थियो । राष्ट्रपति हुनुअघि उनी एमालेको उपाध्यक्ष थिइन् । एमालेका तत्कालीन अध्यक्ष केपी शर्मा ओलीले उनलाई दुई पटक राष्ट्रपति बनाएका हुन् । पहिलो पटक राष्ट्रपति हुँदा उनी कुनै विवादमा नपरे पनि दोस्रो कार्यकाल भनें निकै विवादित रहयो । प्रधानमन्त्री भएका ओलीलाई सहज हुने गरी काम गरेकी उनलाई धेरैले देशको होइन ओलीको राष्ट्रपनि भनेर आलोचनासमेत गरेका थिए । ओलीले दुई पटक प्रतिनिधिसभा भंग गर्दा कसैसँग सल्लाह नै नगरी एकहोरो समर्थन गरेपछि भण्डारी पनि मुछिएकी थिइन् । भण्डारीले गरेको कामबाट ओली सन्तुष्ट भए पनि एमालेको एक पंक्ति भनें असन्तुष्ट नै थियो ।

एमालेको एक पंक्ति ओलीसँग वाक्कदिक्क भएर भण्डारीलाई पार्टीको राजनीतिमा सक्रिय गराउन चाहेको थियो । भण्डारीले पनि त्यसमा चासो राखेपछि ओली रुष्ट भएका थिए । ओलीले पार्टीलाई घात गरेको भन्नेहरु भण्डारीलाई आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारका रुपमा अघि सार्न थालिसकेका थिए । यो घटना बाहिर आएपछि ओलीले पार्टीभित्रबाट आफूलाई फाइदा हुने प्रकारका केही निर्णय गरेका थिए । हिजोको दिनमा एमालेमा ओलीको निर्णय नै प्रमुख हुने भएकाले पनि उनको विरोधमा गए आफ्नो राजनीति सकिन्छ भनेर कोही पनि बोलेका थिएनन् । ओलीको विकल्पमा रुपमा भण्डारी देखिन थालेपछि भण्डारीको पक्षमा लाग्नेलाई ओलीले हप्कीदप्की गरेको सञ्चारमाध्यममा आएको थियो ।
एमालेको विधानमा ७० वर्षपछि सक्रिय राजनीति गर्न नपाइने व्यवस्था थियो । ओलीले यो व्यवस्थालाई निलम्बन गरेका छन् । ओली ७० वर्ष पुगिसकेका छन् । अबको तीन वर्षपछि हुने महाधिवेशनमा फेरि अध्यक्ष हुने दाउ गरेका ओलीलाई भण्डारीबाहेक कुनै पनि खतरा नभएकाले पनि उनी ढुक्क छन् ।

146 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal