आम जनता पार्टीद्वारा आज मधेस प्रदेश ठप्प

२०८० माघ ११ गते, बिहीबार

जनकपुर । पूर्वमन्त्री तथा माननीय प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले हिजो मधेस प्रदेश बन्द गर्ने क्रममा मधेस ठप्प पारेको छ । हिजो बिहानैदेखि आजपाका नेताकार्यकर्ताले मधेसका विभिन्न शहरमा प्रदर्शन गरेका थिए । बन्दको क्रममा मधेसको यातायात ठप्प पारेको छ । बजार, उधोग, शिक्षण संस्था आन्दोलनका कारण प्रभावित भए । देशमा व्याप्त विकृति विसंगति, भ्रष्टाचार, अन्याय, अत्याचार, बेथिति, दलीय लुटतन्त्रका विरुद्ध, बैंक तथा वित्तीय संस्थाले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन माग गर्दै आह्वान गरिएको मधेस बन्द जनकपुरको कलवार गुठ नजिकबाट हजारौंको संख्यामा बजार परिक्रमा गरी रामानन्द चोकमा पुग्दा व्यापक प्रहरी धरपकड थियो । यसैबीच प्रदर्शनमा उत्रिका सयौं नेताकार्यकर्तालाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेका थिए ।

पक्राउका आम जनता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा संविधानसभा सदस्य तिलक थापा मगर, महासचिव उपेन्द्र साह, पार्टी प्रवक्ता तथा आई.टी.आर्मीका केन्द्रीय अध्यक्ष चन्द्र भूषण साह, पूर्व सभासद तथा पार्टी सचिव समिना हुसेन, स्थायी कमिटी सदस्य तथा धनुषा ईन्चार्ज श्रीलाल महासेठ, केन्द्रीय सदस्य तथा महोत्ततरी अध्यक्ष विजय कुमार साह, आम महिला मोर्चाका केन्द्रीय अध्यक्ष कुमारी बबिता साह, पूर्व उप(मेयर सिमल साह, प्रदेश सदस्य रामपृत साह, प्रदेश सदस्य महोत्तरी ममता मण्डल, प्रदेश सदस्य रामचन्द्र साह, राजेन्द्र साह, मो। ईस्त स्वार, पर्सा पोखरी, सन्तोष कलवार, रामदेव औठा, उकेश साह, रञ्जित प्रसाद कुशवाह, सिकिन्द्र प्रसाद कुशवास, विजय महतो, सुरेन्द्र साह, रवीन्द्र यादव, विवेक महतो, रन्जित साहलगायतलाई गिरफ्तार गरि धनुषा जिल्ला प्रहरी कार्यालयमा र पार्टीका केन्द्रीय उप(महासचिव अरुण घिसिङ, आम जनजाति मोर्चाका केन्द्रीय अध्यक्ष अध्यक्ष पासाङ तामाङ घिसिङ, पप्पु साह ९मिनाल०, दिनेश सहनी, गोविन्द साह, दुलारी देवी, प्रेम ज्योति ठाकुर, रेररीदेवी साह, सुनिता देवि, जनी साह, अनिता साह, किरण साह, प्रमिला देवि, गीतादेवी, फूल कुमारी, मला देवी, फूल कुमारी, समप्राय देवी, मरनीदेवी, काजल कुशवाह, कान्ति साह, सुरेश साह, ओम प्रकाश सा, रेखा साह, जनक दुलाली देवी, नगिना देवी, धर्मशिला देवी, रेणु देवी, निरो देवी, देवावटी कुपुर देवी, सोशिला देवी, रिता देवी साहलाई गिरफ्तारपछि प्रदेश प्रहरी कार्यालयमा लगि राखेका थिए ।

112 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal