मुलुक अस्थिरतातर्फ उन्मुखः डाक्टर भट्टराई

२०७९ माघ १४ गते, शनिबार

गोरखा । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मुलुकलाई अहिले अस्थिरतातर्फ उन्मुख भएको बताएका छन्।

पार्टीको जिल्ला कार्यसमितिको बैठकमा सहभागी हुन शनिबार गोरखा आएका उनले पत्रकारहरूसँगको कुराकानीमा बृहत् शान्ति सम्झौता, भूराजनीतिक अवस्था, विद्यमान शासकीय स्वरूप र निर्वाचन प्रणालीले राष्ट्रिय सहमति खोजेको उनको भनाइ छ।

‘यही शासकीय स्वरूप र निर्वाचन प्रणाली कायम रहँदासम्म कुनै व्यक्ति वा दलको बहुमत आउने अवस्था देखिँदैन’, उनले भने, ‘साथै यो पद्धतिले देशमा स्थिरताको संकेत पनि गर्दैन। त्यसैले राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नु नै उचित हुन्छ।’

समग्र राष्ट्रिय राजनीतिमा प्रमुख दलहरूको सहमति आवश्यक रहेको उनले बताए। ‘दलहरूको सहमतिबिना स्थिरता हुँदैन, आर्थिक संकटको समाधानले पनि राष्ट्रिय सहमति खोजेको छ’, उनले भने, ‘शान्ति सम्झौता, भू(राजनीतिक सन्तुलन लागयत सबै मुद्दामा राष्ट्रिय सहमति आवश्यक छ।’

प्रधानमन्त्री प्रचण्ड तथा कांग्रेसले पनि राष्ट्रपति पदका लागि राष्ट्रिय सहमतिको प्रस्ताव गरिरहेका बेला भट्टराईले पनि सोही एजेण्डामा जोड दिएका हुन्।

उनले नेपाली राजनीतिमा अस्थिरताको संकेत देखिन थालेको तर्क गरे। अविभावकीय भूमिकामा रहेको राष्ट्रपतिमा सबैको सहमति हुनुपर्ने भन्दै उनले कांग्रेस सहितको सहमति आवश्यक रहेको बताए। ‘सरकारमासमेत सबैको सहमति भएर पाँच वर्ष चलाउनुपर्छ’, उनले भने।

181 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal