आचार्यको निधन राज्यको चरम असफलताः मेयर बालेन

२०७९ माघ ११ गते, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिका नगरप्रमुख बालेन्द्र शाह (बालेन) ले संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको निधनप्रति राज्यको चरम असफलताको संकेत देखिएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनको निधन राज्यको चरम असफलता भएको हो बताए। उनले आचार्यको निधनप्रति दुख व्यक्त गर्दै उनको परिवारप्रति समवेदना प्रकट समेत गरेका छन् ।

आचार्य निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मेयर शाहले आत्मदाहका धेरै कारण र संकेतहरू भएपनि ठूलो कारण राज्य भएको बताए ।

‘त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो, र सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो,’ बालेनले लेखेखका छन् ।

मेयर बालेनले अब अरु कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरूको निर्माण गर्नेमा संवदेनशील भएर काम गरिरहेको बताए ।

161 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal