फैलिँदै कोरोना भाइरस, बुधबार देशभर थपिए २७९ जना संक्रमित

२०७७ जेष्ठ २८ गते, बुधबार

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमित तीव्र गतिमा बढ्दै गएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार बुधबार देशभरमा २७९ जना संक्रमित थपिएका छन्।  जसमा २५७ जना पुरुष र २२ जना महिला रहेका छन्। संक्रमितको विवरण अनुसार कोरोना भाइरस ७२ वटा जिल्लामा पुगेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो पटक ९० जना निको भएर घर फर्किएका छन्। निको भएर घर फर्किनेको संख्या पनि बढ्दै ६७४ पुगेको छ।  मन्त्रालयका अनुसार बुधबारसम्ममा देशभर संक्रमितको संख्या पनि बढेर ४ हजार ३६४ पुगेको छ। जसमा अधिकांश संक्रमित पुरुष रहेका छन्। पुरुषको संख्या ४०६६ रहँदा महिलाको संख्या केबल ३०९ मात्रै रहेको छ।  मन्त्रालयका अनुसार प्रादेशिक प्रयोगशाला बिराटनगरमा मोरङका ८ जना पुरुष संक्रमित भेटिएका छन्। एकजना झापाकी महिलामा पनि संक्रमण भएको छ। कोशी अस्पतालमा झापाका ४ जना पुरुष संक्रमित भेटिएका छन्।

त्यहीँ उदयपुरका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका ६ जनामा संक्रमण पुष्टि भएको छ। जसमा महिला १ रहेकी छन्। भरतपुर अस्पताल प्रयोगशालामा चिवतका दुईजना संक्रमित भेटिएका छन्।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखारा नवलपुरका १ पुरुषमा संक्रमण भेटिएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा सर्लाहीका २ जना पुरुषमा संक्रमण पुष्टि भएको ।छ  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका, ७ जना पुरुष, नवलपरसाी ५ जना पुरुष, पाल्पाका १२ जना संक्रमित भेटिएका छन्। जसमा १ महिला र ११ पुरुष रहेका छन्। त्यही ल्याबमा प्युठानका ६ जना  पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल बाँकेको प्रयोगशालामा बाँकेका ३ र बर्दियाका १ जनामा संक्रमण देखिएको छ।

277 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal