फैलिँदै कोरोना भाइरस, बुधबार देशभर थपिए २७९ जना संक्रमित

२०७७ जेष्ठ २८ गते, बुधबार

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमित तीव्र गतिमा बढ्दै गएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार बुधबार देशभरमा २७९ जना संक्रमित थपिएका छन्।  जसमा २५७ जना पुरुष र २२ जना महिला रहेका छन्। संक्रमितको विवरण अनुसार कोरोना भाइरस ७२ वटा जिल्लामा पुगेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो पटक ९० जना निको भएर घर फर्किएका छन्। निको भएर घर फर्किनेको संख्या पनि बढ्दै ६७४ पुगेको छ।  मन्त्रालयका अनुसार बुधबारसम्ममा देशभर संक्रमितको संख्या पनि बढेर ४ हजार ३६४ पुगेको छ। जसमा अधिकांश संक्रमित पुरुष रहेका छन्। पुरुषको संख्या ४०६६ रहँदा महिलाको संख्या केबल ३०९ मात्रै रहेको छ।  मन्त्रालयका अनुसार प्रादेशिक प्रयोगशाला बिराटनगरमा मोरङका ८ जना पुरुष संक्रमित भेटिएका छन्। एकजना झापाकी महिलामा पनि संक्रमण भएको छ। कोशी अस्पतालमा झापाका ४ जना पुरुष संक्रमित भेटिएका छन्।

त्यहीँ उदयपुरका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका ६ जनामा संक्रमण पुष्टि भएको छ। जसमा महिला १ रहेकी छन्। भरतपुर अस्पताल प्रयोगशालामा चिवतका दुईजना संक्रमित भेटिएका छन्।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखारा नवलपुरका १ पुरुषमा संक्रमण भेटिएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा सर्लाहीका २ जना पुरुषमा संक्रमण पुष्टि भएको ।छ  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका, ७ जना पुरुष, नवलपरसाी ५ जना पुरुष, पाल्पाका १२ जना संक्रमित भेटिएका छन्। जसमा १ महिला र ११ पुरुष रहेका छन्। त्यही ल्याबमा प्युठानका ६ जना  पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल बाँकेको प्रयोगशालामा बाँकेका ३ र बर्दियाका १ जनामा संक्रमण देखिएको छ।

254 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal