माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लड्न कुलमान घिसिङले अस्विकार गरेपछि !

२०७९ आश्विन २२ गते, शनिबार

सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेको मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागी प्रत्यक्ष तर्फको उमेदवारी दर्ताका लागी केहि घण्टा मात्रै बाँकी रहँदा चुनावी खेल निकै रोचक बन्दै गएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अधिकांश ठाउको प्रतिनिधीसभा र प्रदेशसभा तर्फका उमेदवार फाइनल गरेको छ भने गठबन्धनले पनि भागबण्डा टुंगो लगाएको छ ।

गठबन्धनले भागबण्डा टुंगो लगाए सँगै असन्तुष्टि चुलिएको छ । एमालेमा थोरै र काग्रेसमा धेरैले बागी उमदेवारीको घोषणा गरिरहेका छन् ।

यता नेकपा माओवादी केन्द्रले काठमाडौबाट प्रत्यक्ष चुनाव उठाउन खोजेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडा लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्न अस्विकार गरेको खबर छ ।

गठबन्धनको भागबण्डा अनुसार नेकपा माओवादी केन्द्रले काठमाडौँमा ३ वटा क्षेत्रमा भाग पाएको छ ।

 

त्यस मध्येको काठमाडौँ २ बाट कुलमान घिसिङलाई चुनाव उठाउन खोजे पनि अन्तिममा कुलमान आफैैले माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडा लिएर चुनाव उठ्न अस्विकार गरेको बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बालेन भन्दा चर्को सेन्टीमेन्ट ल्याउने गरी काठमाडौँमा उमेदवार उठाउने घोषणा पहिलेनै गरिसकेका छन् ।

कुलमानलाई उठाउने दाउ गर्दैै प्रचण्डले यस्तो घोषणा गरेको बताइए पनि कुलमान भने माओवादी केन्द्रको चिन्ह लिएर चुनावमा जान तयार नभएको खबर छ ।

स्रोतले दिएको जानकारी अनुसार कुलमानले आफु स्वतन्त्र निर्वाचन उठ्ने र त्यसका लागी गठबन्धनले सहयोग गर्नु पर्ने सर्त अघि सारेका छन् । कुलमानले यस्तो सर्त सहितको प्रस्ताव ल्याए पछि अब के गर्ने भन्नेमा माओवादी नेतृत्व अलमलमा परेको बताइएको छ ।

 

काठमाडौं २ मा अहिले पनि ओनसरी घर्ती कि कुलमान घिसिङ भन्ने छलफल जारी रहेको माओवादी स्रोतले जनाएको छ ।माओवादी उच्च स्रोतले दिएको जानकारीअनुसार घिसिङले स्वतन्त्र उमेदवारी दिने, आफ्नो उमेदवारीलाई गठबन्धनले सहयोग गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

माओवादीले भने आफ्नै चुनाव चिह्नबाट लड्न भनेको छ । त्यसलाई भने उनले अस्वीकार गरेको स्रोत बताउँछ ।माओवादीका एक प्रभावशाली नेता भन्छन्, काठमाडौं २ मा कुलमान कि ओनसरी भन्ने छलफल जारी छ ।

ओनसरीको चाहना नयाँलाई अघि बढाऔँ भन्ने पनि छ । फेरि वर्षमान पुन पनि उमेदवार भएकाले दुई दुई जना चुनाव लड्न गाह्रो हुन्छ कि भन्ने पनि परेको छ । निर्णय भइसकेको छैन । काठमाडौं ७ मा मानुषी यमी र ९ मा हितमान शाक्यले टिकट पाउने लगभग निश्चितजस्तै छ ।

शाक्यले यसअघि १० मा दाबी गर्दै आएका थिए । तर १० कांग्रेसले लिएपछि शाक्य ९ मा चुनाव लड्न तयार भएका हुन् ।

 

आफुलाई सबै नेपालीले माया गर्ने र कुनै दल विशेषको चिन्ह लिएर जाँदा समर्थक बाढिने र वि,वादमा पर्ने भन्दै कुलमानले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावमा जान अस्विकार गरेको बताइएको छ ।

198 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal